new road foundation stone laid
new road foundation stone laid

धजे न्यू रोड फ्याक्ट्रीदेखि नागरी फार्मसम्मको बाटोको शिलान्यास

Share this news

नागरी–धजे समष्टि अन्तर्गत धजे चियाबारी न्यू रोड फ्याक्ट्रीदेखि नागरी फार्मसम्म पुग्ने बहुप्रतिक्षित ऐतिहासिक बाटोको विधिवत् शिलान्यास शुक्रबार सम्पन्न भयो। उक्त शिलान्यास कार्यक्रममा जीटीए सभाध्यक्ष एवं नागरी–धजे समष्टि सभासद अञ्जुल चौहान विशेष रुपमा उपस्थित रहेका थिए भने केन्द्रीय समिति सदस्य बी.बी. राईको बाहुलीबाट शिलान्यास सम्पन्न गरियो।

वर्षौंदेखि क्षेत्रवासीहरूको अपेक्षामा रहेको यस बाटो निर्माण कार्य शुरु हुनु नागरी–धजे समष्टिका लागि महत्वपूर्ण उपलब्धि हो।
यस ऐतिहासिक बाटो निर्माण सम्भव बनाउन सहयोग पुर्‍याउने जीटीए मुख्य कार्यपाल अनित थापाप्रति चौहानले हार्दिक आभार प्रकट गरेका छन्।

बाटो निर्माण कार्य समयमै र गुणस्तरीय रूपमा सम्पन्न होस् भन्ने उद्देश्यले धजे चियाबारीका प्रबन्धक तथा ठेकेदार पक्षसँग आवश्यक छलफल र समन्वय पनि गरिएको छ।

यस परियोजनाले स्थानीय आवागमन सहज बनाउनुका साथै श्रमिकवर्ग, विद्यार्थीवर्ग तथा आम नागरिकको दैनन्दिन जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिएको चौहानले बताए।
यस अवसरमा नागरी–धजे समष्टि क्षेत्रमा हालसम्म जीटीएद्वारा सञ्चालित विभिन्न विकास योजनाहरू तथा पूर्वाधार निर्माण कार्यका लागि जीटीएप्रति चौहानले हार्दिक धन्यवाद व्यक्त गरे। जीटीएको निरन्तर सहयोग र प्रतिबद्धताकै कारण यस क्षेत्रको समग्र विकास क्रमशः अघि बढिरहेको छ भन्ने कुरामा विश्वस्त रहेको उनले बताए।

उक्त शिलान्यास कार्यक्रममा किशोर छेत्री, सञ्जय गिरी, कुसुम राई, योगेन प्रधान, पोख्रेबुङ ग्राम पञ्चायत–३ का उप–प्रधान अजय सुब्बा लगायत धेरै संख्यामा क्षेत्रबासीहरूको उपस्थिति रहेको थियो। उपस्थित सबैप्रति सभासद अञ्जुल चौहानले हार्दिक धन्यवाद व्यक्त गरे। नागरी–धजे समष्टिको समग्र विकासका लागि यस्ता आधारभूत पूर्वाधार निर्माण कार्यलाई भविष्यमा पनि उच्च प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ