पूर्व अतिरिक्त पुलिस अधिक्षक डम्बर सिंह सुनारले समाए आईजीजेएफको झण्डा। गोर्खा जाति र पहाडलाई आईजीजेएफले मात्र अघि बढाएर लैजान सक्छ:डम्बर सिंह।डम्बर सिंह सुनार जस्तो व्यक्तित्व पाएर आँटले हाम्रो छाती फुलिएको छ:अजय एडवर्डस पूर्व अतिरिक्त पुलिस अधिक्षक डम्बर सिंह सुनारले समाए इण्डियन गोर्खा जनशक्ति फ्रण्टको झण्डा।आज इण्डियन गोर्खा जन शक्ति फ्रण्टको केन्द्रीय कार्यलयमा पूर्व अतिरिक्त पुलिस अधिक्षक डम्बर सिंह सुनारले आईजीजेएफको झण्डा समाए।पार्टी केन्द्रीय संयोजक अजय एडवर्डसले खदा लगाउदै पूर्व अतिरिक्त पुलिस अधिक्षक डम्बर सिंह सुनारलाई पार्टीमा स्वागत जनाए।पूर्व अतिरिक्त पुलिस अधिक्षक डम्बर सिंह सुनार जस्ता व्यक्तित्वलाई हामीले पाउनु यो हाम्रो लागि ठूलो उपलब्धी हो,वहाँलाई पाएर हाम्रो छाती आँटले फुलिएको छ।
सुनारले हामीसंग जोडिनु भन्दा अघि हामीले गरेको कामहरू नियालेको होलान अनि वहाँलाई ठिक लागेर नै वहाँ हामीसंग जोडिनु आउनु भएको हो,हामी वहाँलाई स्वागत जनाउँछौ एडवर्डसले भने।त्यसरी नै पूर्व अतिरिक्त पुलिस अधिक्षक डम्बर सिंह सुनारले आजदेखि आफ्नो नाम आईजीजेएफ पार्टीको झण्डामा लेखाएको तिनले बताए।मैले 38 वर्ष पुलिसको कार्यमा सेवा दिएर अवकाश प्राप्त भएको हो। मेरो 38 बर्षको पुलिस सेवा कार्यको अवधि देशको राष्ट्रपतिको हातबाट पुलिस सेवाको मेडल प्राप्त गर्न समक्ष भएको हो।आईजीजेएफ पार्टीमा सामेल हुने कुरा मैले अघिबाटै गरेको हो।गोर्खा जाति र पहाडलाई आईजीजेएफले मात्र अघि लैजान सक्छ भन्ने मैले अघिबाटै बुझेको हो।
हामीलाई जबर्जस्ती सुकुम्बासी बनाउने षडयन्त्र हुँदैछ तर हामी सुकुम्बासी होइनौ यहाँको खाँटी रैथाने हो भन्ने कुरा हामी अनि हाम्रो पार्टीले पनि उठाउनु पर्छ।मौन बसेका जनताहरूले अब बुझनु पर्छ,अजय एडवर्डसले समस्त पहाडबासी तथा गोर्खा जातिको निम्ति काम गर्दैछ अनि वहाँको नेतृत्वलाई साथ दिनु पर्छ भन्ने म आह्वान पनि गर्छु पूर्व अतिरिक्त पुलिस अधिक्षक डम्बर सिंह सुनारले बताए।आजको यो कार्यक्रममा इण्डियन गोर्खा जनशक्ति फ्रण्ट मिरिक संयोजक प्रशान्त लामा,केन्द्रीय कार्यकारिणी सदस्य लाडुप घिसिङ साथै मिरिक टाउन कमिटी सदस्य संजिव लामा विशेष रुपमा उपस्थित थिए।












