आइजीजेएफको अम्बटे क्षेत्र अन्तर्गत कुमालटार बुथको गठन 

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रन्टको अम्बटे क्षेत्र अन्तर्गत कुमालटार बुथको औपचारिक गठन सम्पन्न

आज इण्डियन गोर्खा जनशक्ति फ्रन्टको अम्बटे क्षेत्र अन्तर्गत कुमालटार बुथको औपचारिक गठन सम्पन्न भएको छ। उक्त कार्यक्रम उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो।

यस ऐतिहासिक अवसरमा पार्टीका केन्द्रीय कार्यसमिति सदस्य तथा प्रवक्ता आर.के. शर्मा, केन्द्रीय कार्यसमिति सदस्य, इण्डियन गोर्खा जनशक्ति फ्रन्ट, कर्सियाङ लगायत चिम्नी–देवराली ग्राम पञ्चायतका प्रधान तथा केन्द्रीय कार्यसमिति सदस्य बिमल तामाङको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा स्थानीय कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। उपस्थित नेताहरूले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा गाउँस्तरमा पार्टीको आधार मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।

केन्द्रीय कार्यसमिति सदस्य तथा प्रवक्ता आर.के. शर्माले आफ्नो मन्तव्यमा अम्बटे क्षेत्रमा संगठनलाई अझ सक्रिय, जनमुखी र अनुशासित रूपमा अघि बढाउने बताउँदै युवाशक्ति र आम जनताको सक्रिय सहभागिताले मात्र सशक्त परिवर्तन सम्भव हुने धारणा राख्नुभयो। उहाँले कर्सियाङ क्षेत्रसहित सम्पूर्ण पहाडमा पार्टीको संगठनलाई बलियो बनाउँदै जनताको आवाज बुलन्द गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैगरी, बिमल तामाङले ग्रामस्तरबाटै सशक्त संगठन निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै कुमालटार बुथ गठनले क्षेत्रीय राजनीतिक सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कुमालटार बुथ गठनसँगै इण्डियन गोर्खा जनशक्ति फ्रन्टले अम्बटे क्षेत्रमा आफ्नो संगठनात्मक आधार थप सुदृढ बनाएको छ। स्थानीय विकास, जनअधिकार तथा पारदर्शिताका सवालमा पार्टीले निरन्तर आवाज उठाउने प्रतिबद्धता समेत व्यक्त गरिएको इण्डियन गोर्खा जनशक्ति फ्रन्ट,केन्द्रीय कार्यसमिति सदस्य आर.के. शर्माले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ