वन विभाग दार्जीलिङ डिभिजनद्वारा बनमहोत्सव सप्ताह पालन

Share this news

दार्जीलिङ,17 जुलाई(निसं): पश्चिम बंगाल वन विभाग दार्जीलिङ डिभिजन-द्वारा 150औं वन महोत्सव सप्ताह पालन गरियो। गोर्खाल्याण्ड टेरिटोरियल एड्म्निस्ट्रेसन) जीटीए अध्यक्ष अनित थापाको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रमको विशिष्ठ अतिथिहरू दार्जीलिङ जिल्लापाल प्रिति गोयल,दार्जीलिङ पुलिस एसपी प्रविण प्रकाश, एपीसीसीएफ राजेश कुमार, सीसीएफ समिर गजमेर, डीएफओ शेख फरीद लगायत अन्य विशिष्ठ अतिथिहरूको उपस्थितिमा सम्पन्न 150औं वन महोत्सव सप्ताह पालन कार्यक्रममा वन विभाग अन्तर्गत विभिन्न क्षेत्रमा कार्यरत उत्कृष्ट कर्मचारीहरूलाई प्रमाण-पत्रको साथमा स्मृति-चिन्ह प्रदान गरिएको थियो।

वन महोत्सव सम्बन्धमा बोल्दै दार्जीलिङ जिल्लापाल प्रिति गोयलले भने, वृक्षको महत्त्व किन छ? हामीले किन वृक्ष रोपन गर्न पर्ने अनि रोपिएका बृक्षहरूलाई कसरी बचाउनु पर्ने साथै पर्यावरणलाई कसरी सफा राख्नु पर्ने आदि जस्ता बिषयमा सन्देश मुलक विचार राखे। माउन्ट हर्मोन स्कूलको हलमा सम्पन्न भएको कार्यक्रममा जीटीए अध्यक्ष अनित थापाले आफ्नो विचार राख्दै भने, मेरो मनमा लागेको बन विभागका अधिकारीहरू प्रति अनुरोध छ, आउँदो कार्यक्रमदेखि कार्यक्रमको साइनबोर्डमा नेपाली भाषामा लेखिदिने निवेदन गर्दछु। नेपाली भाषा पनि मान्यता प्राप्त भाषा हो। यसैले हामी जीटीए क्षेत्रमा धेरै नेपाली भाषी बसोबासो गर्छौं। नेपालीभाषी गोर्खाहरूको ठाउँ पनि हो। विगतमा बन विभागसँग काम गर्नु धेरै गाह्रो थियोे। हामीसँग धेरै नै  मतभेद भइरहन्थो । तर अहिले जीटीए र वन विभागसँग सकारात्मक सम्बन्ध रहेको र एकै परिवार जस्तो भएको छ भनि जनाए। आजको उक्त कार्यक्रममा दार्जीलिङ एसपी प्रविण प्रकाश, सीसीएफ समिर गजमेर आदिले सम्बोधन गरे।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ