Follow "Phugal Brovo Nek 1243 and Maghe Sankranti Utsav".
Follow "Phugal Brovo Nek 1243 and Maghe Sankranti Utsav".

“प्हुगाल ब्रोवो नेक १२४३ एवं माघे संक्रान्ति उत्सव” पालन

Share this news

भुजेल कल्याण संगठन पश्चिम बङ्गालको तत्वावधानमा आयोजना गरिएको “प्हुगाल ब्रोवो नेक १२४३ एवं माघे संक्रान्ति समारोह” टिस्टा दोभान छेउ, प्हुगाल रेली खोलामा शुक्रबार भव्य रुपमा सम्पन्न भयो। यसै अवसरमा सन्त कुमार भुजेल (बलिक्पा) द्वारा लिखित पुस्तक “भुजेल भाषा र खार्पा लिपि” को विमोचन गरियो।

सन्त कुमार भुजेलद्वारा नै सन्चालित अनलाइन भुजेल कविता लेखन तथा वाचन प्रतियोगिताको पनि परिणाम पनि घोषणा गरियो। प्हुगाल खोक न्हेचिलिङ परिसरमा खरो डीबी खवासको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रम फोह्रोपाहरुद्वारा न्हेचिलिङमा पुजाआजाबाट शुरू गरियो। यसपछि ह्याक्मा उर, फुइगोइ, किम खोइ, सिमगोइ, ब्हरेसको फुलौरो फल फुल इत्यादि सबैलाई वितरण गरियो। सुरुक शाखाबाट मादले गीत र नृत्यहरु अनि यागंमाकुम शाखाबाट पनि दुईवटा नृत्यहरु प्रस्तुत गरियो।

सबैको उपस्थितिमा “भुजेल भाषा र खार्पा लिपि” पुस्तक लोकार्पणपछि अनलाइन भुजेल कविता लेखन एवं वाचन प्रतियोगिताको पनि परिणाम घोषणा गरियो। जसमा प्रथम छेनामाय भुजेल, सालाङदाङ सिक्किम, दोस्रो दिपीना भुजेल, सालाङदाङ सिक्किम अनि तेस्रो फोह्रोपा प्रमोद खवास, दार्जीलिङ, पश्चिम बङ्गाल। यी विजेताहरूलाई नगद पुरस्कार ८०००/-, ५०००/- अनि ३०००/- साथै मायाको चिनो अनि प्रमाण पत्र पनि प्रदान गरियो। चौथो र पाँचौं स्थान ओगट्न सफल भएका प्रतियोगिहरूलाई पनि मेमेन्टो अनि प्रमाण पत्र प्रदान गरियो।

समारोहमा अखिल सिक्किम भुजेल संघका उपसभापति डीआर भुजेल, महासचिव डा. विष्णु उमारा भुजेल, फोह्रोपा बाबुकाजी भुजेल, लेखक सन्त कुमार भुजेल, अन्य आपुलम अनि अबाइलमको उपस्थिति रहेको थियो। भुजेल कल्याण संगठनका सल्लाहकारद्वय प्रा. मनिन्द्र भुजेल, डा. आरबी भुजेल, त्यसरी नै तराई डुवर्स भुजेल उत्थान समितिबाट कार्यकारी सदस्य रतन भुजेल अनि फोह्रोपा बाबुकाजी भुजेलको सहभागिता रहेको संगठनको पक्षबाट भीम भुजेलबाट जानकारी पाइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ