79 ओै स्वतन्त्रता दिवस यहाँको आले खेल मैदानमा भब्यताका साथ रंङ्गारङ्ग कार्यक्रम माझ पालन गरियो। मिरिक नगरपालिका अध्यक्ष एलबी राईको अध्यक्षतामा पालन गरिएको कार्यक्रमका मुख्य अतिथि जीटीए प्रमुख अनित थापाले राष्ट्रिय झण्डा उत्तोलन गरेपछि परेडको सलामी ग्रहण गरे।












