साउथफिल्डमा पहिलो मुख्यमन्त्री बीसी रोयको जन्मोत्सव पालन

Share this news

दार्जीलिङ, 3 जुलाई(निसं): मंगलबार स्थानीय साउथफिल्ड कलेजद्वारा बिधान चन्द्र रोयको जन्म दिवस पालन गरियो। पश्चिम बंगाल राज्यको पहिलो मुख्यमन्त्री बीसी रोयकै सोचमा दार्जीलिङ पहाडमा सर्वप्रथम लरेटो कलेज नाममा वर्तमानको साउथफिल्ड कलेजको स्थापना भएको थियो। आज उनको जन्म दिवसमा कलेजका विद्यार्थीवर्ग, प्राध्यापक प्राध्यपिकागण साथै अशिक्षण कर्मचारीवर्गको उपस्थितिमा एउटा कार्यक्रमको आयोजना गरेर कलेजले बी सी रोयलाई स्मरण गरे। उनले तत्कालीन समयमा महिला कलेजको स्थापना गरेर दार्जीलिङका महिलालाई शिक्षाप्रति आकर्षित गरेका थिए। कार्यक्रममा कलेजका प्राचार्य डा. अनुराधा राईले उनको योगदानबारे अवगत गराए। स्मरण रहोस, डा. विधानचन्द्र रोयको जन्म तत्कालीन बेङ्गल प्रेसीडेन्सीका पटनामा 1 जुलाई 1882 सालमा भएको थियो। उनी एकजना डाक्टर सर्जन साथै राजनीतिज्ञ थिए। उनले बंगालमा धेरै शैक्षिक संस्था अनि सहरहरूको निर्माणमा आफ्नो योगदान पुऱ्याएका थिए। बङ्गालको सल्टलेक, कल्याणी, दुर्गापुर आदि सहरहरू बसाउनमा उनको महत्वपूर्ण योगदान रहेको थियो साथै वर्तमान समयको साउथफिल्ड कलेज पुरानो लरेटो कलेजको स्थापनामा पनि डा. बीसी रोयको योगदान अतुलनीय रहेको छ भनी जन्म दिवस समारोहमा जनाइयो।



Share this news
आजको रोजाइ
सेभोक पुलिसद्वारा लागु औषधसहित पाँचजना पक्राउ

सेभोक पुलिसद्वारा लागु औषधसहित पाँचजना पक्राउ

शहीद दिवस सम्बन्धी गाड़ीधुरामा भागोप्रमोको सभा

शहीद दिवस सम्बन्धी गाड़ीधुरामा भागोप्रमोको सभा

तीनधारे हिल 10 किलोमीटर रनलाई लिएर ट्रायल म्याराथन सम्पन्न: जर्सी अनावरणसितै पञ्जीकरण आरम्भ

तीनधारे हिल 10 किलोमीटर रनलाई लिएर ट्रायल म्याराथन सम्पन्न: जर्सी अनावरणसितै पञ्जीकरण आरम्भ

युकेएफसी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजन च्याम्पियन बन्यो

युकेएफसी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजन च्याम्पियन बन्यो

गोरामुमोले अब साङ्गठनिक गतिविधि बढ़ाउने

गोरामुमोले अब साङ्गठनिक गतिविधि बढ़ाउने

गोकमा भएको दुर्घटनामा मृत्यु भएका सिंगेल चियाबारी निवासी  मृतकको परिवारलाई विभागबाट 2 लाख रुपियाँको आर्थिक सहयोग प्रदान

गोकमा भएको दुर्घटनामा मृत्यु भएका सिंगेल चियाबारी निवासी मृतकको परिवारलाई विभागबाट 2 लाख रुपियाँको आर्थिक सहयोग प्रदान

फुर्वा भुटिया बने मगनको अतिरिक्त राजनीतिक सचिव

फुर्वा भुटिया बने मगनको अतिरिक्त राजनीतिक सचिव

डीआइ र एआइद्वारा बिद्यालयको स्थलगत भ्रमण

डीआइ र एआइद्वारा बिद्यालयको स्थलगत भ्रमण

राष्ट्रिय राजमार्ग दसले लाटपञ्चरमा पनि गरायो जाम

राष्ट्रिय राजमार्ग दसले लाटपञ्चरमा पनि गरायो जाम

विधायक लेप्चालाई रिन्छेनबुङवासीको साथ रहने

विधायक लेप्चालाई रिन्छेनबुङवासीको साथ रहने

आजको रोजाइ