Swapna Barman house fire Jalpaiguri
Swapna Barman house fire Jalpaiguri

स्वर्ण पदक विजेता स्वपना बर्मणको घरमा आगलागीः क्षेत्रमा सनसनी 

Share this news

राजगञ्जकी पराजित तृणमूल कांग्रेस उम्मेदवार तथा एशियाली खेलकुदकी स्वर्ण पदक विजेता खेलाडी स्वपना बर्मणको घरमा आगलागी भएको घटनाले घोषपाडा क्षेत्रमा सनसनी मच्चिएको छ। जानकारीअनुसार, स्वप्ना बर्मनको जलपाइगढीको पाटकाटा ग्राम पञ्चायत अन्तर्गत घोषपाडामा दुईवटा घर छन्। एउटा घरमा उनी आफ्नो परिवारसँग बस्छिन् भने अर्को पुरानो घरमा कोही बस्दैनथे। शुक्रबार राति करिब ८:३० बजे उक्त पुरानो घरमा आगलागी भएको खबर बाहिर आएको हो। स्वप्नाले आफ्नै फेसबुक अकाउन्टमार्फत घरमा आगलागी भएको जानकारी सार्वजनिक गरेपछि क्षेत्रमा त्रास फैलिएको थियो।

खबर पाएलगत्तै प्रहरी र दमकल टोली घटनास्थल पुगेका थिए। त्यस समयमा भारी वर्षा भइरहेकाले आगो घर बाहिर धेरै फैलिन पाएन। दमकलकर्मीहरूले छिट्टै आगो नियन्त्रणमा लिएका थिए। पुलीसका अनुसार, आगलागी भएको घरमा कोही बस्दैनथे। घरभित्र केही दाउरा र कागजपत्र राखिएको थियो, जसमा आगो लागेको बताइएको छ। अहिले आगो कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

स्वप्ना बर्मनले भने यो घटना योजनाबद्ध रूपमा गराइएको हुनसक्ने आशंका व्यक्त गरेकी छन्। उनले चुनावमा पराजित भएपछि आफ्ना दुई दाजुलाई लगातार धम्की आइरहेको र आफूलाई समेत कहिलेकाहीँ बलात्कारको धम्की आएको आरोप लगाएकी छन्।  उनले भावुक हुँदै भनिन्, “राजनीतिमा आउनु नै गल्ती भयो।” साथै, चुनावपछि आफ्नै समर्थकहरू पनि बदलिएको महसुस भएको उनले बताएकी छन्। स्वप्नाले यस घटनापछि एफआईआर दर्ता गर्ने जानकारी पनि दिएकी छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ