राबदेन शेर्पाविरुद्ध यौन शोषणको आरोपमा एफआईआर दर्ता

Share this news

राबदेन शेर्पाविरुद्ध यौन शोषण तथा आपराधिक डरत्रास सम्बन्धी आरोपमा सदर पुलीस थानामा एक एफआईआर दर्ता गरिएको छ। पुलीस स्रोतका अनुसार सदर पीएस केस एफआईआर नं. १५/२०२६ मिति ११/०२/२०२६ भारतीय न्याय संहिता, २०२३ का सम्बन्धित धाराअन्तर्गत दर्ता गरिएको हो। उक्त मुद्दाको अनुसन्धानका लागि पुलीस निरीक्षक (PI) अनिल सुब्बालाई जिम्मा दिइएको छ। फेब्रुअरी ११, २०२६ मा दर्ता गरिएको उजुरीअनुसार दुई महिलाले आफूहरू गान्तोकस्थित छुट्टाछुट्टै प्रतिष्ठानमा अभियुक्तका लागि कार्यरत रहेको उल्लेख गरेका छन्।

उजुरीकर्तामध्ये एकजनाले मार्चदेखि अगस्ट २०२५ सम्म तादोङस्थित क्यान्टिनमा सहयोगीका रूपमा काम गरेको बताएकी छन् भने अर्कीले डिसेम्बर २०२४ मा व्यावसायिक पार्किङ स्थल व्यवस्थापन गरेको जनाएकी छन्। उजुरीमा अभियुक्तले आफ्नो अधिकारको दुरुपयोग गर्दै तथा उनीहरूको आर्थिक कमजोर अवस्थाको फाइदा उठाई बिना सहमति पटक–पटक यौन शोषण गरेको आरोप लगाइएको छ। उनीहरूले आपराधिक डरत्रास देखाएको तथा कानुनी पारिश्रमिक नदिएको समेत आरोप लगाएका छन्।

उजुरीकर्ताहरूले डर, मानसिक आघात, सामाजिक कलंक तथा कथित धम्कीका कारण प्रारम्भमा सम्बन्धित निकायमा जान नसकेको बताएका छन् प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको पुष्टि गरेको छ। हाल यस विषयमा थप विवरण सार्वजनिक गरिएको छैन। स्रोतका अनुसार पीडितलाई प्रहरीमा उजुरी दर्ता गर्न सहयोग गर्न सिक्किम महिला आयोगले पनि हस्तक्षेप गरेको जनाएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ