सुंगुरमा संक्रमणले आर्थिक संकटमा पशु पालक

Share this news

दार्जीलिङ, 6 फरवरी(निसं): कुखुराबाट शुरू भएको संक्रमण तथा देशन अहिले सुंगुरमा पनि देखिन थालेपछि पशुपालकहरू चिन्तित बनेका छन्। कुखुरामा देखिने गरेको संक्रमण तथा देशनले भटाभट कुखुरा मरेपछि अहिले देशनले गर्दा सुंगुरहरु पनि मर्न थालेको पशुपालकहरूले बताए।
सुंगुरहरु झोकरेर बस्ने,खाना नखाने अनि थरथर काप्ने गरेको केही दिनपछि मर्ने गरेको सुंगुर पालकहरु बताउँछन्। अहिलेघरि मिनरल स्प्रीङको आँपबोटे, गोदाम धुरा, यांखु आदि गाउँहरुमा देखिएको सुँगुरको यो संक्रमक रोग तथा देशनले धेरै पशुपालकहरूको सुँगुर मरेको उनीहरूको भनाइ छ भने यसले गर्दा धेरै आर्थिक नोक्शानी खप्न परिरहेको गुनासो पोखाएका छन्। दुःख गरेर स्याहार सुसार गरेर हुर्काएको पशुहरू यसरी देशनको कारणले मर्ने गरेकोले हतोत्साहित बनाएको उनीहरू भन्छन्।
यसै सन्दर्भमा यांखु निवासी पशुपालक सम्राट राई अनुसार आफ्नोमा सुंगुरको साना बच्चाहरू माउदेखि छुट्याउन तयारी छ अनि धेरैले मागेका पनि छन् तर यसरी देशन फैलिएको बेला दिनु पनि मिल्दैन।यो समयमा ती बच्चाहरु वितरण गरिन्दा देशन तथा संक्रमणले भेटे  पशुपालकहरूलाई नोक्शान हुने भएकोले यसले मानिसहरूमा नकारात्मक सन्देश जाने हुनाले आफूले तयारी भएको बच्चाहरु वितरण नगरेको बताएका छन्।
अहिले यस क्षेत्रमा फैलिएको संक्रमण तथा देशनबारे दवाईपानी ग्राम पंचायतमा कार्यरत पशु सहायक पद्मलाल गुरुङसित जान्न चाहँदा धेरै पशुपालकहरूले उनीसित सम्पर्क गरेको अनि औषधि उपचारको निम्ति सुझाव तथा सरसल्लाह मागेको बताए। आफूले पनि औषधी वितरण गरेको तर ती औषधिले पनि त्यति प्रभाव नपरेको बताएका छन् र यो संक्रमण निक्कै प्रभावकारी रहेकोले सबै पशुपालकहरू सतर्क रहने र स्वास्थ्य पशुहरूलाई विरामी पशुहरूदेखि अलग्गै राखेर औषधि उपचार गर्ने सुझाव दिएका छन् साथै देशनको कारणले मरेको पशुहरू जथाभावी नफालेर जमीनमा निक्कै गहिरो खनेर गाड्ने सल्लाह दिएका छन्। कुखुरा, सुंगुर सहित बिरालोहरुमा देशनको लक्षण देखा परेको छ भने धेरैको बिरालोहरू पनि देशनको कारणले मरेको जानकारी रहेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ