few days in Kathmandu
few days in Kathmandu

रहरै रहरको शहर काठमाडौंमा केही दिन

Share this news

नियात्रा—

रहरै रहरको शहर काठमाडौंमा केही दिन

–मेनका तामाङ
सिलगढी।

मैले काठमाडौं जाने भनेर सोचेको छ वर्षपछि बल्ल जाने मौका मिल्यो, त्यो पनि मध्ये बर्खाझरीमा..तर म भने यसपालि आफ्नो योजनामा अडिग थिएँ। नभन्दै ११ जुलाई २०२५ को दिन एकजना साथीसंग सिमाना तरें।
मनमा अनेकौं चाहना, खुशी अनि जिज्ञासाहरु बोकेर म शहरभित्र पसें। यहाँ रहेका मेरा मित्रहरूले जसरी मेरो स्वागत ग,रे त्यो मेरो अपेक्षाभन्दा धेरै बढी थियो। सबैको माया र आफ्नोपन पाएर म अभिभूत भएँ। मलाई लाागिरहेथ्यो मानौ म आफ्नो छुटिएको परिवारलाई भेटिरहेछु। शहर त शहरै हो, ठूला-ठूला पसलहरु, मान्छेको भीड अनि रात पर्दै गएपछि आँखा तिर्मिराउने neon lights को उज्यालो…तर मलाई लाग्छ यो शहर बेग्लै छ अरु शहरभन्दा, मेरो र यो शहरको बीच एउटा गहिरो अनि अनौठो सम्बन्ध छ। पुरानो पारम्पारिक वास्तुकला अनि नवनिर्मित भवनहरू बीचको harmony मैले अरू शहरहरूमा विरलै देखेकी छु। चारैतिर पसारिएको आधुनिकताबीच पाटनको पुरानो ढङ्गगमा बनिएको फलैँचामा बसेर चियाको घुट्कीसँगै संसारभरिको गफ हाँक्नु अनि रमिता हेर्नुको तुलना वातानुकूलित क्याफेमा बसेर इम्पोर्टेड कफी खानुसंग हुनै सक्दैन। साँच्चै! म प्रत्येक दिन यहाँ आएर समय बिताउन सक्छु। भक्तपुरको अग्लो सिँढीमा बसेर समय काटिरहेका हँसिला मुहारका बुढाहरु हुन् वा घरको अगाडी पींढीमा बसेर सिलाई-बुनाई गरिरहेका महिलाहरु कति खुशी देखिन्छन्, न कुनै हतार न तनाव! म घुम्न जाँदा बजार अनि मान्छेको भीडदेखि जोगिन्छु तर यहाँ भीडमा पनि रमाइलो लाग्ने। प्रत्येक दिन कुनै न कुनै पर्वको तैयारी भई रहेको। अलग-अलग धर्मको समागम। गुम्बामा हिन्दू देवी-देवता अनि मन्दिरमा बुद्धको प्रतिमा देखेर अच्चम्भित पनि भएँ, खुशी पनि। म उसो त पूजा नगर्ने मान्छे तर धार्मिक सहिष्णुतालाई अंगालेका यी धर्मस्थलहरु देखेर साँच्चै राम्रो लाग्यो। मेरा साथीहरुले कुन ठाउँ देखाएनन् होला मलाई। नगरकोटको शहरीकरण हुँदै गरेको गाउँ भनौं कि शहरको सबभन्दा उचाईमा रहेको चन्द्रागिरीको केवल कार ,सबैभन्दा पुरानो शहर चापागाउँ भनौं कि राणाकालीन भव्य उद्यान!
म भूगोलमा कमजोर मान्छे दिशा ज्ञान कम नै छ, अलिक टोलाउने बानी पनि छ, झन् यहाँको पारम्पारिक वास्तुकला र काष्ठशिल्प देखेर कति खेर त ट्वाल्ल पर्दो रहेछु, बाटो भुलिपठाएछु। तर मानिसहरू खुबै सहृदयी अनि सहायता गर्ने खालका। सबभन्दा बढी एकजना महिला हुनुको नातामा मलाई यो सुरक्षित शहर लाग्यो। हुन त काठमाडौं एउटा महङ्गो शहर हो, मेरो शहरको तुलनामा। तर आत्मियता छ यो शहरमा। यातायातको सुविधा अनि विकल्पहरु थुप्रै छन्। अझ एउटा कुरा मलाई मन परेको शहर अनि बाटोमा ठाउँ-ठाउँमा बनाइएको सानो पार्क जस्तो एरिया जहाँ कहींबाट पनि थाकेर आएपछि एक छिन थकाइ मेट्न सकिने अनि फेरि आफ्नो काममा लाग्ने। बाटो कहीं फराकिलो छ भने कतै साँघुरो गल्ली। बाटोमा बिछ्याइएको ढुङ्गे टाइल्सहरु बढो राम्रो लाग्यो, पानी पर्दा हिँड्न सजिलो हुने। यति ठूलो शहरभित्र, मान्छेको बगुन्द्रोमा यहाँ कसैले पनि आफ्नो इच्छा अनुसार समय बिताउन सक्छ, आफ्नो शोख पूरा गर्न सक्छ, त्योभन्दा खुशीको कुरो के होला र! मैले पनि पोट्रेट कोशिश गरेंं, पहिलो पटक बनाएको राम्रो त भएन तर सन्तुष्टि चाहिँ मिल्यो। मन मन सोचे यो चक्का लैजानु पाए त घर म अभ्यास गर्नु हुन्थ्यो! कोही चित्रकारी गरिरहेका, कोही खुकुरी उद्याई रहेका, कोई काठमा बुट्टा कुँदिरहेका, सबैको रहर पूरा गर्ने यो शहर!
शहरको बाहिर पनि उत्तिकै रमणीय स्थलहरु देख्न पाइने। झलमल्ल चम्किरहेको हिमाल, अग्लो डाँडामा बादलसंग लुकीचोरी गरिरहेका, डोरीमा लगाइएका रंगविरंगी प्रार्थना ध्वजहरु, सल्लाघारी..सबै दृश्यहरु आँखाभरि बोकेर आएँ।
मेरो बाल्यकालकी साथी रुपा जसले मलाई आफ्नो घरमा आफ्नो परिवारभन्दा बेसी माया र हेरचाह गरी। मेरो प्रत्येक इच्छालाई पूरा गर्ने प्रयास गरी। मेरो जन्मदिनमा मलाई घरदेखि टाढा महसुस हुन दिइन।ममता , एकजना दिदी, सबैको म आभारी छु, मेरो उपलब्धिको निम्ति मलाई सम्मानित गरेकोमा। भक्तपुर टुरिस्ट काउन्सिलका सदस्य तारा रत्न स्थापितज्युको आतिथ्यको निम्ति पनि आभारी छु। वहाँले जसरी शहरको कुना-कुना अनि त्यहाँको संस्कृतिसंग परिचित गराए, मेरो निम्ति नौलो अनुभव थियो। कवि स्नेह सायमीज्यु, वहाँकी सहधर्मिनी लक्ष्मी मालीज्युलाई धन्यवाद दिंदिनँ, वहाँहरु मेरो परिवारको सदस्य जस्तै हुन्। वहाँहरूलाई आफ्नो निम्ति समय माग्नु म आफ्नो अधिकार सम्झन्छु । शहरलाई दिनमा अनि रातमा हेर्नुको फरक स्नेहज्युले नै शहरभरि घुमाएर बुझाउनु भयो। अझ एउटा कुरा, स्थानीय भोजनको असली स्वाद ठूलो होटलमा होइन, तर स्थानीय गल्लीको सानो पसलमा पाइन्छ भन्ने कुरो त्यहाँ बसेर खाँदा बुझियो। लक्ष्मीज्युको टौदहको पछाडिको ऐतिहासिक कथा अथवा जानकारी पाएर दङ्ग परें। वहाँको मार्फत परिचित भएका बुढा नीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामज्यु, कवि वासुदेव अधिकारीज्युलाई अवश्य धन्यवाद दिन चाहन्छु, उहाँले मेरो निम्ति समय निकाल्नु भयो। हजुरहरू चारै जनासंगको रमाइलो कवितामय साँझ सधैं याद रहने छ अनि फेरि पनि यस्तै भेटघाट हुनेछ भन्ने कुरामा आश्वस्त छु। मेरो काठमाडौंको अन्तिम साँझ कमलपोखरीमा बित्यो। शान्त पोखरी, केटाकेटीहरू गिटार लिएर संगीतमा डुबेका , शहरभित्रै एउटा छुट्टै वातावरणको सृजना भइरहेको थियो। मलाई अझ घुम्न थियो, हेर्नु थियो जान्नु थियो, धेरै कुराहरु गर्नु थियो, तर मेरो समय आइसकेको थियो फर्कने। हृदयभरि मैले बिताएको रमाइलो अनि नबिर्सने क्षणहरु लिएर फर्कें, तर आफ्नै घर बिर्साउने शहरमा म घरिघरि जान चाहन्छु।।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ