फादर एडवर्ड बारेट्टो दार्जीलिङका सह-धर्माध्यक्ष नियुक्त

Share this news

दार्जीलिङ,1 दिसम्बर (निसं): क्याथोलिक सामाजका लागि एक विशेष दिन गत शनिबारको दिन एक महत्वपूर्ण कार्यक्रमवीच केन्द्रीय धर्म प्रदेश भ्याटिकन सिटी-बाट पोप लियो चौधौंले फादर एडवर्ड बारेट्टोलाई दार्जीलिङ धर्मप्रान्तको सह-धर्माध्यक्ष नियुक्त गरेका छन्। वर्तमानमा यस विशिष्ठ पदमा रहेर सेवा पुर्‍याएको विशप स्टेफन लेप्चा आगामी 2027 सालमा सेवा निवृत्त भएपछि त्यस पदका लागि उत्तराधिकारीको रूपमा फादर बारेट्टोको नाम यसरी विधिपूर्वक घाेषणा गरिएको कुराे सम्बन्धित संस्थाका क्षेत्रीय मीडिया सेल सचिव फादर एलेक्स गुरूङले विज्ञप्ति मार्फत् जनाएका छन्।जानकारी अनुसार, रोमन क्याथोलिक समूह अन्तर्गत धेरै वर्षदेखि एक सुशिक्षित पुरोहितका रूपमा सेवा गर्दै आएका 70 वर्षीय फादर बारेट्टो हाल उक्त धर्मप्रान्तका न्यायिक प्राचार्य तथा विभिन्न धर्मप्रान्तीय आयोगहरूका संयोजकका रूपमा सेवामा निरन्तर लागिरहेका छन्। नव नियुक्त सह -धर्माध्यक्ष बारेट्टोको जन्म गत 5 जनवरी 1965 सालमा कर्नाटकको मंगलुरु धर्मप्रान्त अन्तर्गत वान्त्वाल तालुकको आलामपुरीमा भएको हो। उनले प्रारम्भिक शिक्षा नीरकानस्थित सेन्ट थॉमस प्राथमिक पाठशालामा र माध्यमिक शिक्षा मंगलुरुस्थित मिलाग्रिस उच्च माध्यमिक विद्यालयमा प्राप्त गरेका हुन्। गत 1982 सालमा उनले दार्जीलिङको  तेइसौँ  जोन  साना धर्मशाला(जेटीआई)-मा प्रवेश गरेका थिए।
उनले दार्जीलिङको निम्बोङ र कालेबुङमा आफ्नो रेजेन्सी पूरा गर्दै कोलकातास्थित मोर्निङ स्टार कलेज, ब्यारेकपुरमा दर्शनशास्त्र अध्ययन गरे। मोर्निङ स्टार कलेजमै धर्मशास्त्र अध्ययनका समयमा  गत 10 अक्टोबर 292 सालमा उनी डिकन पदमा अभिषेक भए अनि विगत 25 मार्च 1993 सालमा लोलेस्थित सेक्रेडहार्ट चर्चमा पुरोहित पद प्राप्त गरे।
थप जानकारी अनुसार, पाद्री अभिषेकपछि फादर बारेट्टो दार्जिलिङ जेटीआई सह-निर्देशक तथा धर्मप्रान्तीय पत्रिका टी लिभ्स-का सम्पादकका रूपमा नियुक्त भए। त्यसपछि उनले पुणेस्थित ज्ञानदीप महाविद्यालयमा दर्शनशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेर  पुनः मोर्निङ स्टार कलेजमा दर्शनशास्त्र व्याख्याता रूपमा कार्य गरेका थिए। बेंगलोरको सेन्ट पिटर पब्लिक सेमिनारमा क्यानन-कानून अध्ययनले उनको आगामी पौरोहितिक सेवामा महत्वपूर्ण भूमिका खेलेको थियो।गत 2004 सालमा उनी दार्जीलिङ तथा बागडोग्राका लागि न्यायिक प्राचार्य नियुक्त भएका थिए।
उनले दार्जीलिङको लिजाहिल स्थित आवर लेडी अफ लूर्देस चर्च तथा रेली रोड कालिम्पोङस्थित मेरी मदर अफ गड चर्चलगायत विभिन्न पेरिसमा सेवा दिएकाछन्। गत 2022 २)सालमा उनी दार्जीलिङको दिव्यवाणी पास्टोरल सेन्टरका निर्देशक नियुक्त भए। यसकासाथै उनी धर्मविधि तथा क्यानन-कानून आयोगका सचिव तथा यसै वर्षको जुलाईदेखि धर्मप्रान्तीय आयोगहरूका संयोजकका रूपमा सेवा गरिरहेका छन्।
विगत 8 अगस्ट 1962 सालमा कोलकाता महाधर्मप्रान्तबाट दार्जीलिङ  जिल्ला अलग भई सिक्किम-कालेबुङ प्रेरितिक उपप्रान्तसँग एकीकृत भएपछि दार्जीलिङ धर्मप्रान्त स्थापना भएको हो। विगत 1997 सालमा सिलगढी क्षेत्र अलग गरी बागडोग्रा धर्मप्रान्त गठन गरिएको थियो। हाल दार्जीलिङ धर्मप्रान्तले दार्जीलिङ  र कालेबुङ जिल्ला, सम्पूर्ण सिक्किम राज्य तथा भुटान देशसम्म समेट्छ।
स्मरण रहोस्,दार्जीलिङ क्याथोलिक धर्मको शुरुवात 10 अक्टोबर 1846 सालमा आयरिस लोरेटो सिस्टर्सहरू दार्जीलिङ आगमनसँगै भएको हो। दार्जीलिङलाई  सन् 1835 सालमा पहाडी सहरका रूपमा खोलिएको थियो, जसलाई कप्तान लोयड र जेडब्ल्यू. ग्रान्टले सन् 1928 सालमा खोज गरेका थिए र पछि सिक्किमका छोग्याल राजाबाट ब्रिटिश शासनलाई प्रदान गरिएको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ