विद्यादिपका विद्यार्थीहरुलाई खेतीपातीको शिक्षा

Share this news

बिजनबारी, 2 अगस्त(निसं): भारत देश कृषि प्रधान देश हो। देशका आधाभन्दा धेरै जनसंख्याहरु कृषी कार्यमा निर्भर छन् । यस्तै देशको विभिन्न राज्यहरू सरह पहाड विभिन्न स्थानहरुमा पनि मौसम अनुकुल विभिन्न प्रकारको खेतीपाती गरिन्छ। यी कुराहरु हाल विद्यार्थीहरुको निम्ति केवल किताबमै सिमित छ। कुन खेती कस्तो समयमा गर्नपर्छ भन्ने कुराहरू किताब भित्रको पानामा सिमित हुन पुगेको छ। विद्यार्थीहरुले भान्सामा पाक्ने विभिन्न परिकारहरु कृषिबाट आउँछ भन्ने थाहा हुदाहुदै पनि कुन अन्नको उत्पादन कहिले र कसरी हुन्छन् भन्ने व्यहारिकतामा लगभग शुन्यमै छन। उनीहरू भान्सामा पाक्ने चामललाई बोरामा तथा धानको बोट र बालालाई नक्साको किताबको पानामा वाहेक व्याहारिक रूपमा देख्न अधिकाशले पाएका छैनन। यसै विषय केन्द्रित गर्दै तथा व्याहारिक शिक्षा जीवन चल्ने मुख्य माध्यम रहेको विद्यार्थीहरुमा महसुस गराउने तथा खेतीपाती के कसरी गर्नुपर्छ त्यसबारेमा विद्यार्थी जीवनबाट भूगोल र इतिहास सरह जान्नुपर्छ भन्ने उदेश्यको साथमा दार्जीलिङ पुलबजार खण्ड अधिनस्त नयाँ नोर ग्रामको परबुङमा सञ्चालन निजि विद्यालय विद्यादिप एजुकेसनल ईन्स्टिच्युट अधि आएको छ। उनीहरूलाई पढाउन र बडाउन अभिवावकहरुले के कति त्याग्न र बलिदान गर्नुपर्छ भन्ने व्याहारिक शिक्षा बुझाउन अधि आएको छ। यसै क्रममा बिहिबार विद्यार्थीलाई विद्यालयको कक्षा कोठामा होइन खेतमा धान रोपाईको व्यहारिक शिक्षा प्रदान गरिएको छ। त्यसदिन छात्रहरुले कलम र कपी होइन कोदालो र फेउरी समाती धान खेतिको तरिका सिकेका थिए भने छात्राहरुले धानको मुठा बोकी धान रोप्ने तरिकाहरु सिक्ने अवसर प्राप्त गरेका थिए। यसबारे जानकारी गराउदै  विद्यालयका प्रधान अध्यापक मनोज तिवारीले विद्यार्थीहरूलाई कक्षा कोठाबाट बाहिर लिएर धानको खेतमा लानले उनीहरूले हिलो खेतमा काम गर्दै धान रोपाईको अनुभव सगै कृषि अभ्यासबारे गहिरो बुझाइ प्राप्त गरे। यस अनुभवले उनीहरूलाई प्रकृतिसँग नजिक बनायो र खाना खेतबाट भान्सासम्म कसरी पुग्छ भन्ने यात्रा बुझ्न मद्दत गरेको बताए। यस्तै आफुहरुले शिक्षा संगसंगै दैनिक जीवनमा मानिसहरूले के कति सघर्षहरु गर्नुपर्छ भन्ने बारेमा विद्यार्थीहरुलाई जानकारी गराउन खोजेको बताए भने एक अभिभावकले आफ्नो छोराछोरीहरुलाई पढाउन र बढाउन के कस्तो कठिनाइहरुको सामना गर्नुपर्छ त्यसबारेमा बोध गराउने कोशिश गरेको बताए। उनले अझ भने जबसम्म मानिस मर्दन तबसम्म स्वर्गको अनुभव गर्दैन भनेजस्तै विद्यार्थीहरुले पनि जबसम्म अनुभव गर्दैनन् तबसम्म उनीहरूले बुझ्दैन। जबसम्म दु:ख बुझ्दैन तबसम्म सुखको दिनको अनुभव गर्न सक्दैनन् यसैले केवल किताबमा मात्रै होइन व्यवहारिक पनि शिक्षा हुनुपर्छ तथा हामीले कृषिलाई पनि अघि लैजान विद्यालयबाट कदमहरु उठाउन पर्छ भन्ने हाम्रो बुझाई हो।  अर्कोतिर, आफुहरुले पाएको व्यहारिक शिक्षा जीवनको निम्ति फलदायी हुनेमा एक विद्यार्थीले बताए भने कृषि बारेमा सानैदेखि जानकारी हुनसके जीवनमा धेरै फाइदा पुग्न सक्ने विश्वास व्यक्त गरे। याद रहोस्, बिजनबारी भेगको ग्रामीण क्षेत्रहरुमा विगत एक दशक यता विभिन्न खेतीसंगै धानखेतीमा युवाहरूलाई लाग्न छाडेपछि खेती योग्य जमीनहरु बन्जर हुन पुगेको बेला विद्यालयको यो पहलले निक्कै चर्चा बटुलेको छ भने यस पहललाई अन्य ग्रामीण भेगका निजी तथा सरकारी  विद्यालयले पनि अनुसरण गरेमा खेती योग्य जमीन बन्जर हुनबाट बचाउन केहि हदसम्म सार्थक हुनसक्ने देखिन्छ भन्ने कार्यक्रममा जानकारी गराइयो।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ