सह-शिक्षिका डुक्पा अनि बडाबाबु राईलाई सम्बर्द्धना अनि बिदाई 

Share this news

दार्जीलिङ-सिंगताम,18 दिसम्बर(निसं): सिंगताम उच्चा बिद्यालयका सह शिक्षिका भुट्टी डुक्पा अनि स्कुल बडाबाबु दिनेश राईलाई मंगलबार अवकाशप्राप्त सिंगताम विद्यालयले सम्बर्द्धना साथै बिदाई कार्यक्रमको आयोजना गरे। सह-शिक्षिका मातृ स्नेह राईले संञ्चालन गरेको कार्यक्रममा स्कुलका प्रधान अध्यापक रामनाथ बालमिकीको सभापतित्वमा भव्यसाथ बिदाई कार्यक्रम सम्पन्न गरियो।
विगत 1987 सालमा स्थापित सिंगताम उच्चा बिद्यालय निर्माण भएपछि 1989 सालको अन्तदेखि शिक्षिका भुट्टी डुक्पाले सिंगताम उच्च विद्यालयमा आफ्नो शिक्षण पेशा सुरू गरेका हुन। तत्कालीन समयमा नेपाली माध्यममा संञ्चालन भएको सिंगताम निम्न माध्यामिक बिद्यालयमा इतिहास विषय पढाउन भुट्टी डुक्पा सिंगताम आएका हुन। विगत 1986 सालमा गोर्खाल्याण्ड आन्दोलनले पीडित बनेका सिंगतामवासीका 3 सयभन्दा अधिक छात्रछात्राहरूले यहाँ पठन पाठन गर्थे।
तत्कालीन समयदेखि आजसम्म नेपाली माध्यमदेखि  अंग्रेजी माध्यममा निम्न उच्च विद्यालयदेखि सिंगताम उच्च विद्यालयको बडोत्तरी हुदैँ भुट्टी डुक्पाले 36 वर्षसम्म लामो सिंगतामका नानीहरूलाई शिक्षा दिए वापत आज अवकाश प्राप्त गरे।  गत वर्ष 2024 सालको दिसम्बर महिनामानै उनले अवकाश प्राप्त गरेका हुन भने आज विद्यालयले उनलाई सम्मान गरेकोछ। कार्यक्रममा उनले भनिन्, लख्खा जवानीको साथ म सिंगताम आए यति लामो वर्षमा मैले यहाँ विद्यार्थीहरु मात्र चिनिन प्रत्येक विद्यार्थीहरुको अभिभावक सँग मेरो आत्मीयता छ। यहाँको बाटोको छेउको चियाको गाँछसँग युद्ध गरिरहने मेरो विद्यार्थीहरुको माता-पितासँग मेरो आत्मियता गाँसिएकोछ।  म सबै प्रति मेरो माया-ममता अज उप्रान्त अजम्मरी रहिरहने छ।  यसरी नै अर्का सम्मानित अशिक्षण शिक्षक दिनेश राईलाई पनि विद्यालयले सम्मान जनाए। दुवै  व्यक्तित्वलाई सम्बर्द्धना-पत्र अनि स्मृति चिन्ह उपहारले सम्मान साथ बिदाई कार्यक्रम गरिएको थियो।
विद्यालयका प्रधान अध्यापक  रामनाथ बाल्मिकीले आफ्नो सम्बोधनमा भने, आज परिवारको दुई सदस्य नियम बमोजिम हामीदेखि छुट्टी रहेका छन्।  यतिलामो यात्रा हामीलेसँगै गर्‍यौ, आज हामीले यो सानो कार्यक्रमले यो दुःखको क्षणलाई सुख बनाउने प्रयास गरेका हौ। मेरा दुई सहकर्मीहरूलाई अवकाश पछिको जिवन उज्जवल र सुखमय बितोस भनी कामना गर्दछु।  यसै क्रममा भुतपुर्व विद्यार्थी साथै स्कुल संञ्चालन समितिका सचिव दिवस राईले पनि दुवै सम्मानित शिक्षकहरूलाई सम्बर्द्धना-पत्रले सम्मान गरे। आफूले अध्यान गरेको अमूल्य क्षणपनि प्रस्तुत गरे। यसैक्रमाम भुतपुर्ब छात्र धनराज घिसिङले पनि दोसल्ला र नेपाली टोपी पहिराएर दुवै शिक्षक अनि शिक्षिकाको शिर उच्च पार्ने कार्य गरे। अन्यथा भुपू बिद्यार्थीहरुमा आरती, स्वीटि, श्रेय, लगायत अन्याको उपस्थिती रहेको थियो साथै विद्यालयका सह-शिक्षक बिकास राईले स्वागत भाषण रहेको थियो भने सत्कार जिबी योञ्जनको धन्यवाद शब्दले कार्यक्रमको अन्त भएको थियो।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ