सम्मान सहित शिक्षक कमल कुमार राईलाई विदाइ

Share this news

मजुवा, 2 जनवरी (निसं) :सेवानिवृत शिक्षक कमल कुमार राईलाई ससम्मान विदाइ एक कार्यक्रममा गरियो। हिमाली परिवार संघका सभापति पीआर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वयोवृद्ध पहिलो ग्राम पञ्चायत भूतपूर्व प्रधान मणिकुमार राई, विशिष्ट अतिथि भूतपूर्व प्रधान प्रभु नारायण प्रधान, वार्ड सदस्या आरती शेर्पा लगायत विभिन्न पाठशालाका शिक्षक-शिक्षिकाहरूको उपस्थितिमा आयोजना गरिएको सिङ्गबुङ डेरा प्राथामिक पाठशालाका शिक्षक कमल कुमार राईलाई ससम्मान विदाई गरिएको छ। शिक्षक कमल कुमार राई 26 वर्षसम्म पाठशालामा कार्यरत रहेर सेवानिवृत्त हुनु भएको छ। आज उनलाई सम्मान सहित खदा अंग वस्त्र,शिरशोभ पहिराएर सम्बर्द्धना पत्रको साथमा स्मृति चिन्ह प्रदान गरेर हिमाली परिवार संघको तर्फबाट सम्मान सहित विदाई दिएको हो, यसै सन्दर्भमा भावुक बन्दै उनले भने शिक्षकहरूको कार्य धेरै गाह्रो छ, म यस पाठशालामा जोइनिङ पत्र लिएर आँउदा 1 सय 10 जना विद्यार्थीहरू थिए। तर अहिले यति ठूलो गाउँमा एकजना मात्रै विद्यार्थी हुनु भनेको बिडम्बना मेरो होइन, यो गाउँलेहरू कै बिडम्बना हो, या मेरो कमजोरी या गाउँलेहरूको आडम्बर आज धेरै दुखको कुरा हो, हामी सरकारी काम खोज्छौं तर यो हाम्रो सरकारी सम्पत्तिलाई कसरी बँचाउने भनी कसैले सोंच्दैनौ भन्दै यो गम्भीर विषय रहेको बताए। हिमाली परिवार संघका कार्यकारी सदस्य मोहन राईद्वारा सञ्चालन गरिएको विदाई समारोहमा स्वंय शिक्षक कपिल प्रदानलाई पनि शिरशोभा अङ्गवस्त्र पहिराएर सम्बर्द्धना पत्र प्रदान गरिएको छ। उनले 12 वर्षसम्म यसै पाठशालामा सेवा गरेको बताउदै उनले भने मैले 12 वर्षसम्म म आफै अध्ययन गरेको पाठशालामा सेवा गर्ने मौका पाँए तर निस्वार्थ थिएन मेरो कताकता स्वार्थ नै थियो, कतै मैले स्वयं सेवकको काम गरि रहँदा यसै पाठशालामा मेरो भविष्य हुने हो कि भन्ने अन्तस्करणमा मेरो पकड थियो भनि बताए। सम्पूर्ण हिमाली परिवार संघ अनि गाउँलेहरूले उनिहरू दुवैलाई सम्मान स्वरूप खदामाला पहिराएर सम्मान गरेको छ। विदाई समारोहलाई प्रभु नारायण प्रधान,फाइनचन्द्र राई, पीएन प्रधानले पनि सम्बोधन गरे। विभिन्न रंगारंग कार्यक्रम सहित सम्पन्न समारोमा विभिन्न प्राथामिक पाठशाला, उच्चमाध्यमिक तथा निजी अंग्रेजी स्कूलहरूमा कार्यरत शिक्षक-शिक्षिकाहरू लगायत मजुवा क्षेत्रका मिडिया कर्मीहरूलाई पनि स्मृति चिन्ह प्रदान गरेको कार्यक्रम सफल भएको कार्यकारी सदस्य मोहनले हर्ष प्रकट गरे।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ