भूतपूर्व सैनिक संगठनको आयोजनामा अग्निवीरमा भर्ती भएकाहरुलाई सम्मान

Share this news

खरसाङ,  (निसं)ः खरसाङमा भूतपूर्व सैनिक संगठनको आयोजनामा अग्निवीरमा भर्ती भएका नानीहरुलाई सम्मान जनाउने सम्मान कार्यक्रमको आयोजना गरिएको छ। खरसाङ्को एक निजी होटलमा आयोजित उक्त सम्मान कार्यक्रमको आयोजना गोर्खा भूतपूर्व सैनिक कल्याण संगठनको आयोजनामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ महकुमा शासक आईएएस प्रिया यादव, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, सभासद श्याम शेर्पा, जलपहाडबाट कर्नेल अमीत आसरी, पवन राई, विशाल तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रममा यसपाली अगमनिवीरमा भर्ती भएर जान लागेका अग्निवीरहरुलाई सम्मान जनाइएको छ। यसपाली अगमनिवीरमा भर्तीको लागि गोर्खा भूतपूर्व सैनिक कल्याण संगठनको आयोजनामा नि:शुल्क अग्निवीर प्रि रिक्रुटमेन्ट ट्रेनिङ दिएपछि अग्निवीरमा भर्ती भएका नानीहरुलाई सम्मान जनाइएको छ। यस क्रममा यस ट्रेनिङ्मा 48 जना छोराहरु र 6 जना छोरीहरुले ट्रेनिङ लिएको र यसमा लिखित परीक्षा 47 जनाले उत्तीर्ण गरेको र अग्निवीरमा 22 जना जान लागेको बताइएको छ। यसको साथै छोरीहरुमा एकजना उत्तीर्ण भएको जानकारी गराइएको छ। यस कार्यक्रममा खरसाङ महकुमा शासक आईएएस प्रिया यादव, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, सभासद श्याम शेर्पा, जलपहाडबाट कर्नेल अमीत आसरी लगायत अन्यहरुले सम्भाषण राखेका थिए। यसै कार्यक्रममा अग्निवीरमा भर्ती भएका नानीहरु र अभिभावकहरुलाई सम्मान जनाइएको छ। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गोर्खा भूतपूर्व सैनिक कल्याण संगठनको सभापति कप्तान अमृत प्रधान र सचिव कप्तान अजय तामाङले गोर्खा भूतपूर्व सैनिक कल्याण संगठनको आयोजनामा नि:शुल्क अग्निवीर प्रि रिक्रुटमेन्ट ट्रेनिङ आयोजना गरिएको र यसको लागि सबैले आफ्ना छोरा छोरीलाई पनि ट्रेनिङ्मा पठाउन सक्ने बताएका छन्‌‍। दुवैले आफुहरुले दिएको ट्रेनिङपछि अग्निवीरमा भर्ती भएर गईरहेका नानीहरु र अभिभावकहरुलाई सम्मान जनाइएको जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ