woman in front of laptop
woman in front of laptop

२० मिनट मोबाईल हेरेपछि २० सेकेण्ड आँखालाई विश्राम दिने, आँखा झिम्काउने, छेउको हेर्ने, टाड़ोको हेर्ने

Share this news

शिबु छेत्री हिमालय दर्पण

२० मिनट कुनै पनि डिजीटल उपकरण जस्तै मोबाईल, कम्प्यूटर हेरेपछि आँखालाई २० सेकेण्ड विश्राम दिने, त्यसपछि २० सेकेण्ड आँखा झिम्काउने यसो गरेपछि २० सेकेण्ड छेउको हेर्ने अनि २० सेकेण्ड टाढ़ोको हेर्ने यसो गर्दा आँखाको ज्योतिलाई राम्रो राख्न सकिन्छ। उक्त कुरो बरिष्ठ नेत्ररोग विशेषज्ञ डा. बाल कुमार केसीले व्यक्त गरेका हुन्। उनले बताए, आँखा मानव शरीरको महत्वपूर्ण अंग हो। तर अधिकांश मानिसले आँखालाई त्यत्ति महत्व दिने गर्दैनन्। आँखाको ज्योति गुमाएकाहरूलाई सोधे थाहा पाउनेछौं आँखाको महत्व। यस संसार कति सुन्दर छ। सुन्दर संसारमा भएका हिमाल, पहाड़, पर्वत, झर्ना ताल, पोखरी, हरियाली आदिको सुन्दरता आँखाले हेरेर नै ती दृश्य मस्तिष्कमा
डिजीटल आई सिण्ड्रोम बढिरहेको छ। यसले आँखा सुखापन हुन्छ। अहिलेको समय डिजीटलको हो। नानी जन्मिए उपहारको रूपमा मोबाइल दिने प्रचलन चड़दै गइरहेको छ। नानीलाई खाना खुवाउनु परे मोबाइल देखाउनु पर्ने अवस्था छ।
आँखाको नानीमा आशुको तप्कना आइरहन्छ गइरहन्छ। यसले आँखालाई पोषण दिन्छ। तर अहिले ध्यान लगाएर आँखा नझिम्काई डिजीटल उपकरण हेर्ने गर्छौं। यसले आँखा झिम्काउने कार्यमा अवरोध खड़ा भएको छ। आँखा झिम्काउन बन्द हुँदा आशुको तप्कना आँखाको नानीमा पुग्दैन। यसबाट आँखाले पोषण पाउन बन्द भएको छ। आँखा सुक्खा हुनु नै विस्तारै समस्या बड़दै जानु हो। नानीहरूको आँखाको अंकित भएर बस्ने गर्छ।
यसघरे नेपालको परिचय भन्नु पर्दा हाम्रो आँखामा विश्वविख्यात आँखा सर्जन डा. सन्दुक रुइतको तस्बिर आउने गर्छ। डा. रुइतले खड़ा गरेको बिरासतले गर्दा देश विदेशका लाखौं मानिस आँखाको उपचार गराउन नेपाल जाने गर्छन्। आँखा र मुटुको उपचारमा नेपालले धेरै फड्‌को मारेको छ।
भारतको विभिन्न राज्यहरूका मानिसहरू आँखाको उपचारको लागि काकरभिट्टा आई केयर सेण्टरमा जाने गर्छन्।
डा. रुइतले खड़ा गरेको विरासतलाई डा. बाल कुमार केसीले अघि बढाईरहेका छन्। डा. केसीले बताए, दैनिक ३५,४० मोतियाबिन्दको अपरेशन गर्दै आएका छौं। आँखाको नशां मानिसको कपालको जस्तो हुन्छ। आँखाको पनि प्रेसर हुन्छ। समय समयमा यसको जाँच गरिरहनु पर्छ। आँखाको प्रेसरले आँखाको नशा सुक्दै जान्छ। एउटा आँखा बन्द गरेर अर्को आँखाले हेर्ने अभ्यास गर्नुपर्छ। डा. केसीले बताए अहिले समस्या हुँदा धेरै अभिभावकले मस्ति नानीलाई मोबाइलको प्रयोग कम्ति गराउन डर देखाउने आग्रह गर्छन्। तर म ती अभिभावकलाई भन्ने गर्छु, अहिले डिजीटल उपकरण मोवाइल, कम्प्युरको उपयोग गर्नुपर्छ नत्र भने पछाड़ि पर्नुपर्छ। तर यसको प्रयोग गर्दा अनुशासन भएर गर्नुपर्छ। हरेक २० मिनट पछि आँखालाई २० सेकेण्ड विश्राम दिएर आँखाको व्यायाम गर्नुपर्छ। यसो गर्नाले आँखाको ज्योतिलाई यथावत राख्न सकिन्छ। डा. केलीले भने, हामी सानो हुँदा आमा बुवाले साँझ भएपछि हरेक दिन आकाशमा तारा गणना गर्नु लगाउनु हुन्थ्यो अनि जून हेर्न प्रेरित गर्नु हुन्थ्यो। वर्षभरि नै यस्तो गरिन्थ्यो। यसले आँखालाई धेरै फाइदा हुने गथ्यों। तर अहिले आकाशको तारा गणना गराउनु अनि जून हेर्न आमा बुबाले भुली पठाए। ४० कटेसी आँखालाई विशेष ध्यान दिएर समय समयमा जाँज गराइरहनु पर्छ। मोतियाविन्द हुने, आँखाको रेटिनामा समस्या, कति जनाले छेउको देउन गाह्रो हुने साना अक्षर पढ़न गाहो हुने गर्छ।
कतिलाई टाढोको समस्या हुन्छ। शुरुवातमै यसको पत्तो लगाएर चश्मा धारण गर्दा आँखाको पावरलाई नियन्त्रित गर्न सकिन्छ अनि पावर बढ़ने छैन। चश्मा घारण गरे पछि समय समयमा आँखा जाँच गराई रहनुपर्छ। कतै पावर बढ़ेको छ कि छैन भनेर जान्न सकिन्छ।
काकरभिट्टा आई केयर सेण्टरको यात्राको बारेमा प्रबन्धकको रूपमा रहेका मोहन निरौलाले बताए, २०१४ देखि यात्रा शुरू भएको हो। कम्ति समयमै हामीले धेरै नाम कमाएका छौं। हाम्रो यहाँ आँखाको सबै प्रकारको उपचार हुने गर्छ। हाम्रोमा भारतका विभिन्न स्थानहरू जस्तै सिलगढी, दार्जीलिङ पहाड, सिकिम, डुवर्स रायगञ्ज, बिहार, आसाम मेघालय, मणिपुरवाट अधिक संख्यामा आउने गर्छन्। हामीले पैसा नहुनेहरूको पनि उपचार गराएर घर पठाउने गरेका छौं।

हामी ३५०० रूपियाँदेखि मोतियाबिन्दको अपरेशन गर्ने गर्छौं भने पाँच हजार, सात हजार पाँच सय रूपियाँमा पनि हुने गर्छ। रोगीको खाना, वस्नु चिकित्सा खर्च सबै बसैमा हुने गर्छ। विरामीसित आउने एकजनालाई पनि बस्न खानु निशुल्क रहेको छ। प्रबन्धक मोहन निरौलाले बताए, हामीले कहिले पनि रूपियाँ पैसालाई प्राथमिकतामा राखेका छैनौं। पैसा नहने मानिसलाई पनि उपचार गराएर गाड़ी भाड़ा दिएर पठाउने गरेका छौं। सामाजिक प्रतिबद्धता हरेक पेशामा हुनुपर्छ। हाम्रोमा आँखा सम्बन्धी सबै प्रकारको अत्याधुनिक उपचारको व्यवस्था रहेको छ। अहिले नेपालमै विश्वस्तरीय लेन्सको निर्माण भईरहेको छ।
डा. रुइतको योगदान र पहलको बुतामा नेपाल आँखाको चिकित्सामा अग्रिम देशमा खड़ा भएको छ। युरोपको विभिन्न देशहरूबाट उपचारको लागि यहाँ आउने गर्छन्। आँखा उपचारमा ससारभरिमै सबैभन्दा सस्तो र सुरक्षित चिकित्सा नेपालमा हुने गर्छ। काकरभिट्टा आई केयर सेण्टरमा प्रत्येक दिन २५ देखि ३० जनाको आँखा अपरेशन हुने गरेको छ।
भारतको विभिन्न राज्यबाट नै उपचारको लागि आउने गरेका छन्। अपरेशन पछि जब हाँस्दै आफ्नो घरतिर जाने तयारी गर्छन तब त्यस दृश्यले हाम्रो तन र मन खुशी हुने गर्छ। मान्छे भएर मानिसको मुहारमा खुशी ल्याउँदा साँच्चै नै परम आनन्दको क्षण हुँदोरहेछ। यस खुशीलाई शब्द र अक्षरमा व्यक्त गर्न सकिन्न। यस काकरभिट्टा आई केयर सेण्टरको यात्रामा कसरी आउनु भयो भनेर प्रश्न गर्दा श्री निरौला भन्छन् समाजको लागि केही गरौं भनेर केशवराज पाण्डे, विमल आचार्य, कृष्ण कान्त खनिया, विष्णु प्रसाई र मोहन निरौला मिलेर शुरू गरेका हौं। २०१४ मा विराट आँखा अस्पताल, विराट अकादमी र हिपको तत्वावधानमा यसको शुभारम्भ भएको हो।
हाम्रो जति पनि आधुनिक मशिनहरू छ ती सबै जापान र अन्य देशमा निर्मित हुन्। काकरभिट्टा भारतीय सीमा काटेर नेपालमा प्रवेश गरेपछि नै काकरभिट्टा आई केसर सेण्टरको सिटी अटो राखिएको छ। निशुल्क रहेको यस व्यवस्थाको उपयोग गर्नु सकिन्छ। आँखा शरीरको सबैभन्दा सुन्दर रचना हो। आँखा नभए यस संसारमा रहेको इन्द्रेणी रङ्ग देख्न सकिन्न। यसैले आँखाको रक्षाको लागि समय समयमा आँखा देखाउने गर्नुपर्छ। कतिलाई छेउको पढ़न देख्न समस्या हुन्छ भने कतिलाई टाहोको! समय हुँदा नै यसको समाधान खोज्नु पर्नेछ। नत्र भने आँखाको ज्योति विस्तारै कम्ति कम्ति हुँदै अन्यो बन्नु पर्नेछ।


Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ