भाजपाले चिया श्रमिकहरूलाई लिएर खेल खेल्न बन्द गर्नुपर्छः रिम्पोर्छे

Share this news

खरसाङ,  (निसं)ः भाजपाले शोषित चिया श्रमिकमाथि राजनीति खेल खेल्न बन्द गर्नुपर्छ भनी बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले बताएका छन्‌‍। खरसाङ्को सामी लाखाङ गुम्बाका धर्म गुरु पेम्बा रिम्पोर्छेले चिया बगानका श्रमिकहरूको रोज सम्बन्धी भाजपा नेताको हालैको भनाइलाई उल्लेख गर्दै भाजपालाई शोषित चिया श्रमिकमाथि राजनीति खेल खेल्न बन्द गर्ने आग्रह गरेका छन्‌‍।

उनले भने, जब पनि चुनाव आउँछ, भाजपा नेताहरूले कथित रूपमा चिया बगानका श्रमिकहरूलाई लिएर राजनीति खेल्न मोहराको रूपमा प्रयोग गर्छन्‌‍। रिम्पोर्छेले हालैमा एक भाजपा नेताले यदि भाजपाले यो चुनाव जित्यो भने कामदारहरूको दैनिक हाजिरा 8 सय रुपियाँ पुऱ्याइनेछ भनी दिएको बयानको उल्लेख गर्दै भने, उनीहरूले थाहा पाउनुपर्छ कि पाँच वर्षअघि भाजपाले दैनिक हाजिरा 3 सय 50 रुपियाँ पुऱ्याउने वाचा गरेको थियो, जुन अझै पनि अलपत्र छ। 3 सय 50 रुपियाँ तिर्न नसक्नेहरूले कसरी 8 सय रुपियाँ तिर्न सक्छन्‌‍? भनी प्रश्नहरू उठाउँदै, उनले चिया श्रमिकहरूलाई झूटा वाचा गर्ने यस्ता तथाकथित नेताहरूबाट सावधान रहन आग्रह गरे।

उनले आरोप लगाउदै भने, विगत 20 वर्षमा भएका हरेक चुनावमा भाजपाले छुट्टै गोर्खाल्याण्ड राज्य बनाउने, स्थायी राजनीतिक समाधान सुनिश्चित गर्ने, एघार जातलाई आदिवासी दर्जा दिने र चिया मजदुरको दैनिक ज्याला 3 सय 50 रुपियाँ पुऱ्याउने वाचा गरेको थियो। तर, विगत 20 वर्षमा एउटा पनि वाचा पूरा भएको छैन। जब पनि चुनाव आउँछ, जनतालाई झूटो आश्वासन दिएर भाजपाले चुनाउ जित्ने गरेको छ। हामीले यसबाट बच्नुपर्छ। उनले अध भने, साना राज्यहरूको निर्माणको पक्षमा भए पनि भाजपाले आजसम्म गोर्खाहरूलाई झूटो वाचाहरूमा फसाएको छ। भाजपाले झूटको राजनीतिमा संलग्न हुनु बाहेक केही गर्दैन। यदि भाजपाले गत चुनावमा पहाड़का जनतालाई गरेको एउटा पनि वाचा पूरा गरेको छ भने, कृपया त्यो देखाइयोस। उनले चिया श्रमिकहरुसहित सम्पूर्ण पहाड़का जनतालाई यस चुनावमा भाजपाको झूटको राजनीतिबाट बच्न र चुनावमा नराम्रोसँग पराजित गरेर भाजपालाई पाठ सिकाउन पनि अपील गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ