भाषा आन्दोलनकालमा झेल्नु परेका अड्चनहरूको व्याख्या

Share this news

साउथफिल्ड महाविद्यालयमा ३४ औं नेपाली भाषा मान्यता दिवस भव्य रूपले पालन गरिएको थियो। कार्यक्रमका अध्यक्षता महाविद्यालयका प्राचार्या डा० अनुराधा राईले गरेकी थिइन् भने प्रमुख अतिथिको रूपमा भूतपूर्व सांसद एवं भाषा सङ्ग्रामी आरबी राई उपस्थित थिए। आरम्भमा अध्यक्ष डा० राई, प्रमुख अतिथि आर० बी० राई, विशिष्ट अतिथि धनकुमार देवान, शिक्षक परिषदका सचिव एवं नेपाली विभाग प्रमुख नीरज राई, महाविद्यालयको आंतरिक गुणवत्ता मूल्याङ्कन एवं प्रात्यायन प्रकोष्ठका समन्वयक विशाल छेत्रीद्वरा दीप प्रज्ज्वलन गरिएको थियो। प्रमुख अतिथिको वक्तव्यमा श्री आर० बी० राईले नेपाली भाषा मान्यता आन्दोलनसँग सम्बन्धित धेरै महत्वपूर्ण तथ्यहरूलाई समेटदै भाषा आन्दोलनकालमा झेल्नु परेका अड्चनहरू, भाषा सङ्ग्रामीहरूको निस्वार्थ त्यागहरूमाथि पनि प्रकाश पारेका थिए।
स्वागत सम्बोधनमा डा० महेश प्रधानले नेपाली भाषाको औचित्य अनि भाषा मान्यता विषयमा गहन कुराहरू राखे। महाविद्यालयको पक्षबाट प्राचार्या अनुराधा राईले प्रमुख अतिथि आरबी राईलाई फूल, शल, स्मृति चिह्न प्रदान गरेर सम्बर्द्धना गरेकी थिइन्। नेपाली विभागकी प्रा. अल्का शर्माले सम्बर्द्धित व्यक्तिका परिचय प्रस्तुत गरेकी थिइन् भने सम्बर्द्धना पत्र प्रा. कुशल घिमिरेले पठन गरेका थिए।
कार्यक्रममा छात्राहरूले नृत्य प्रस्तुत गरे भने अङ्गेजी विभागकी छात्रा नेहा गहतराजले एकल गायन प्रस्तुत गरिन्। कविता वाचनका क्रममा प्रा. प्रतिष्ठा गुरूङ, प्रा. ममता कुमारी मिश्रा, प्रा. नम्रता तामाङ, प्रा. विशाल छेत्री, प्रा. कुशल घिमिरे अनि विद्यार्थीहरूमा सुश्री श्रेया गुरूङले मीठा स्वरचित कविताहरू वाचन गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ