Environment protection program
Environment protection program

जन गोर्खाद्वारा वातावरण संरक्षण कार्यक्रम आयोजित

Share this news

प्रकृति संरक्षण र सफा–हरियो कालेबुङ निर्माण गर्ने उद्देश्यका साथ आज जन गोर्खाद्वारा कालेबुङ टाउन हलमा एक उल्लेखनीय वातावरण संरक्षण कार्यक्रम आयोजन गरिएको थियो। कार्यक्रममा कालेबुङ जिल्ला अधिकारी श्री बालासुब्रमण्यम टी. (IAS), कालेबुङ विधायक रुदेन सादा लेप्चा, कालेबुङ नगरपालिकाका अध्यक्ष रवि प्रधान, वन विभागका D.F.O, जि.टि.ए सभा, ग्राम पञ्चायत, ब्लक १, २ र ३ समथीका अध्यक्षहरू, सेंट जोसेफ कन्भेन्ट स्कूलका प्रिन्सिपल, बिकिरण फाउन्डेशन कालेबुङका बिक्रम राई, साथै विभिन्न संघ–संस्था, विद्यालयका शिक्षक–विद्यार्थी तथा सम्माननीय व्यक्तिहरूको उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो। यस अवसरमा जन गोर्खाले जिल्ला अधिकारी श्री बालासुब्रमण्यम टी., सेंट जोसेफ कन्भेन्ट स्कूलका प्रिन्सिपल, नगरपालिका अध्यक्ष रवि प्रधान, बिकिरण फाउन्डेशनका बिक्रम राई तथा तीन ब्लक समथी अध्यक्षहरूलाई सम्मानित पनि गरियो। कार्यक्रममा उपस्थित वक्ताहरूले वातावरण संरक्षण, प्राकृतिक स्रोतसाधनको बचत तथा कालेबुङलाई सफा र हरियो बनाउन सबैको सक्रिय सहभागिताको आवश्यकतामा जोड दिए। साथै, भावी पुस्ताले वातावरण संरक्षण र दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा विशेष जोड दिइयो।

Share this news
आजको रोजाइ
प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आजको रोजाइ