Anit Thapa meeting Darjeeling
Anit Thapa meeting Darjeeling

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनाव सम्बन्धी सभा र भेला

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको उपस्थितिमा युवा शक्ति खरसाङ टाउन कमिटीकाे आयाेजनामा एक सभा सम्पन्न भएको छ। उक्त सभा युवा शक्ति खरसाङ टाउन कमिटीको अध्यक्ष बन्धन लामाकाे अध्यक्षता र प्रवक्ता एल्जिन ब्राह्मणको सञ्चालनमा सम्पन्न भयाे। सभामा खरसाङ महकुमा र टाउन कमिटीका पदाधिकारीहरु साथै खरसाङ नगरपालिकाको वार्ड नम्बर 1 देखि 20 सम्मका युवा शक्ति सभापति सचिव साथै सदस्यहरुकाेउपस्थिति रहेकाे थियो। सभालाई खरसाङ टाउन मूल सचिव बिरबल पाखरिङ, खरसाङ टाउन कमिटी चुनाउ प्रभारी सबिता कार्की, भागाेप्रमो केन्द्रीय सदस्य एवं खरसाङ महकुमा चुनाव प्रभारी समीरदिप ब्लोन, सभासद श्याम शेर्पा र सभाध्यक्ष एंव युवा शक्ति खरसाङ टाउन कमिटीको सभापति बन्धन लामा आदिले सम्बोधन गरेका थिए। सभामा केन्द्रीय अध्यक्ष अनित थापाले युवा शक्तिकाे सभालाई सम्बोधन गर्दै भने, म कसैलाई गाली गरेर अघि बडदिन गाली गर्ने संसकार मेराेमा छैन। म सरकारसँग मिलेर काम गर्छु। पहाड शान्ति राख्नु मेराे जिम्मेवारी हाे र तपाईहरु पनि याे अभियानमा लागिपर्नु हाेस्। विगतका नेताहरूले युवाहरुलाई माेहरा मात्रै बनायाे। अबको युवाहरु अशान्ति गर्ने दिशामा जानु हुदैँन। आवेशमा आएर केही नराम्रो काम गर्नु हुदैँन। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै बन्धन लामा र एल्जिन ब्राह्मणले विस्तृत रुपमा जानकारी गराएका छन्।

अर्कोतिर खरसाङ नगरपालिका अन्तर्गत वार्ड 7 को बुथ नममबर 203 अनि 204 कोे निम्ति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बुथ कमिटीसँगै अमृत 2.0 काे निरीक्षण कमिटी गठन गरिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय अध्यक्ष अनित थापाकाे निर्देशलाई अघि बढाउँदै खरसाङ टाउन कमिटीकाे पहलमा अमृत 2.0 परियोजनालाई सुचारु रूपमा देखरेख गर्न निरीक्षण कमिटी साथै आगामी चुनावकाे निम्ति बुथ कमिटी गठन गर्न हेतु सभा सम्पन्न भएको छ। वार्ड नम्बर 7 काे लोवर शेर्पा बस्ती ग्राम सुधार समितिकोे समिति भवनमा सभा सम्पन्न भयो। वार्डका वरिष्ठ सदस्य माेहन कुमार गुरुङकोे अध्यक्षतामा सम्पन्न भएकोे सभालाई खरसाङ महकुमा युवा शक्तिका सह सचिव बिरेश लामाले सञ्चालन गरेका थिए। वक्तव्य दिने क्रममा क्रमश खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिन, सभासद श्याम शेर्पा, महकुमा समिति नारी शक्तिका अध्यक्ष तथा खरसाङ नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्की अनि भागोप्रमो केन्द्रीय समिति सदस्य तथा खरसाङ विधानसभा क्षेत्रका चुनाव प्रभारी समीरदीप ब्लोनले आ आफ्नो वक्तव्य राखेका थिए। सभामा बुथ नम्बर 203 अनि 204 कोे निम्ति बुथ कमिटी पनि गठन गरियो। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको‌ पदाधिकारीहरु उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ