भागोप्रमो उम्मेद्वारद्वारा चुनाउ वाचा पत्र सार्वजनिक

Share this news

दार्जीलिङ, 19 अप्रेल (निसं): यसपालिको बंगाल विधानसभा चुनाउमा दार्जीलिङ, खरसाङ अनि कालेबुङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो)-ले बेग्ला बेग्लै चुनावी वाचा पत्र (घोषणा पत्र) सार्वजनिक गर्ने भएको छ । यसै क्रममा दार्जीलिङका भागोप्रमो उम्मेद्वार विजय कुमार राईले आज दार्जीलिङको निम्ति चुनाउ वाचा पत्र (घोषणा पत्र)- सार्वजनिक गरे। यस अवसरमा भागोप्रमो के न्द्रीय सहसचिव ज्याति कुमार राईलगायत अन्य नेतृत्वहरू उपस्थित थिए । दार्जीलिङको जनताको निम्ति १९ वटा बुँदाहरू घोषणा पत्रमा समावेश गरिएको छ । जसमा रोजगार अनि व्यावसायिक तालिम, पञ्चायती व्यवस्थाको सुदृढ़ीकरण, चियाबारी अनि सिन्कोनाबारी, कृषक अन कृषि क्षेत्र, बन बस्ती. डीआई फण्ड आदिको पर्जापट्टा, सहकारी समिति अनि सेवा कर्मीहरूको अधिकार रक्षा, नयाँ ब्लक र महकुमा गठनको पहल, दार्जीलिङ नगरपालिकाको बढ़ोत्तरी र सुन्दरीकरण, यातायात, ट्राफिक र स्थानीय व्यवस्था, खेलकुद अनि स्टेडियमको निर्माण, रोपवे निर्माण र फ्री वाईफाई जोनको सुविधालगायत अन्य सामेल छ । विजय कुमार राईले घोषणा पत्रमा उल्लेख गरिएको बुँदाहरू पढ़ेर सुनाए।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ