Election of Manikala Tamang as Chairman
Election of Manikala Tamang as Chairman

गोरानासं केन्द्रीय समिति गठनः अध्यक्षा पदमा मणिकला तामाङ चयन

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो संगठनलाई बिस्तार गर्दै गोर्खा राष्ट्रिय नारी संगठन केन्द्रीय समिति गठन गरेका छन् । आज कालेबुङ शेर्पा गाउँ ब्लक नम्बर एकमा गोरामुमो अध्यक्ष मन घिसिङको अध्यक्षतामा बसेको सांङ्ठनिक सभामा गोरानासं केन्द्रीय समिति गठन भएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् । ब्लक एकका अध्यक्ष लाक्पा शेर्पाको उपस्थिति मा सचिव बिकास मुखियाले सांङ्ठनिक सभालाई संचालन गरेका थिए ।

सभामा सर्वसम्मतिले मणिकला तामाङलाई गोरानासं केन्द्रीय समितिको अध्यक्षा पदमा अनि कमला तामाङलाई उपाध्यक्षा पदमा चयन गरिएका छन् । यसैगरी सेक्रेटरी जनरलमा उमा छेत्री , अमृता थापा ,रिना भुजेल ,अर्पना भारती ,सह सेक्रेटरी जनरलमा अजिला देवान , पुष्प लामा, अनिता तामाङ,सकुन तामाङ,अनि बिमला राई चयन भएका छन् । यसैगरी कोषाध्यक्षामा शान्ती लामा अनि बिना मोक्तानलाई चयन गरिएका छन् । यसैगरी कार्यकारिणी सदस्याहरुमा लिलावती परिवार, शुश्मा थिङ, प्रेना शेर्पा, रन्जना तामाङ, रुबिना लामा, रत्ना प्रधान , रमा शर्मा , बिना प्रधान , कल्पना राई , सरु तामाङ , सकुन्तला मेरि अनि धनमाया राईलाई चयन गरिएका छन् ।
पार्टी अध्यक्ष मन घिसिङ द्वारा नव गठित केन्द्रिय समिति प्रतिनिधि अनि कालेबुङ गोरानासंका प्रतिनिधिबर्गलाई खदा लगाएर बधाई अनि शुभकामना दिदै पार्टीको सिद्धांत अनि अनुशासनमा रहेर संगठन लाई बलियो बनाउदै जाति र माटोको उन्मुक्तिको कार्य गर्नु पर्ने दिशानिर्देशन दिएका छन् । गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले संस्थापक अध्यक्ष सुवास घिसिङको नेतृत्वमा गोर्खा जातिको हक र अधिकारको लड्नु सिकायो ।

जसको फलस्वरूप हामीले गोर्खा किपट अनि भारत देशको प्रथम दर्जाको नागरिकता प्राप्त गर्न सक्यौं । गोर्खाल्याण्ड सोझै प्राप्त गर्न नस्कने भए पछि छैटौं अनुसूची मार्फत हाम्रो भुमिको सुरक्षा गरेर गोर्खाल्याण्ड प्राप्तिको निम्ति छैटौं अनुसूचीलाई माध्यम बनाएको हो तर हाम्रो आफ्नै बुद्धिजीवी , नेताहरुले षड्यन्त्र रची पहाडको भाग्य बिगारेको हो । गोरामुमो गोर्खा जातिको मुद्दामा एक इन्च पनि पछि हटेको छैन । अध्यक्ष मन घिसिङले इमानदारी पुर्वक कार्य गरिरहेका छन् । भारत सरकारलाई बुझाउनु पर्ने सम्झाउनु पर्ने सबै कार्य गरिसकेका छन् ।

अब भारत सरकार को पालो हो बोल्ने । यसैकारण अब हामी नारीहरु पनि जाति र माटोको उन्मुक्तिको निम्ति एक भएर अगि आउनु पर्छ भनिगोरानासं केन्द्रीय समिति अध्यक्षा मणिकला तामाङले अपिल गरेका छन् । आजको सांङ्ठनिक सभामा गोरामुमो केन्द्रीय समिति सदस्यगण , दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एम जी सुब्बा कालेबुङ ब्लक १,२,३ अनि ४ का प्रतिनिधिबर्ग , गोरानासं दार्जीलिङ ब्राञ्च कमिटी प्रतिनिधि बर्ग , गोरायुमो केन्द्रीय समिति संयोजक आनन्द राई, भ्रातृ संगठनका प्रतिनिधिबर्ग एवं गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको दिनेस साम्पाङले जानकारी दिएका छन् ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ