माकपा प्रार्थी चुनाउ प्रचारमा व्यस्त

Share this news

खरसाङ विधानसभा समष्टिका मार्क्सवादी कम्युनिष्ट पार्टी (माकपा) उम्मेद्वार उत्तम ब्राह्मणले पार्टी नेतृत्व अनि समर्थकहरूको साथमा चुनाउ प्रयार गर्दै खरसाङ बजारको विभिन्न स्थानमा पोस्टर टाँस्ने कार्य गरेका छन्‌‍। बजारको विभिन्न स्थानमा माकपा उम्मेद्वारको साथमा नेतृत्व अनि कार्यकर्ताहरूले टाँसेको पोस्टरमा आगामी 23 अप्रेलको दिन सम्पन्न हुने विधानसभा चुनाउमा भोट दिने अपिल गरिएको छ।

उम्मेद्वार ब्राह्मणले बताए अनुसार खरसाङ्मा पोस्टर टाँस्ने कार्य गरेपछि आफू पार्टीका नेतृत्वहरूको टोलीको साथमा मुण्डा, बाँसघारी, रङ्मुक, सिडर्स क्षेत्रमा चुनाउ प्रचार गर्न गए। यी क्षेत्रहरूमा चुनाउ प्रचार गर्दै क्षेत्रका मानिसहरूसित भेटघाट गरियो। भेटको अवधिमा क्षेत्रका मानिसहरूले सकारात्मक प्रतिक्रिया जनाउदै धेरै स्थानमा स्वागत जनाए अनि सहयोग गरे। चुनाउ प्रचारको क्रमममा आइतवार मिरिक बजारमा एउटा जनसभा अनि ऱ्यालीको आयोजना गरिएको छ। उक्त ऱ्याली अनि जनसभामा पार्टीका जिल्ला सचिव एवं पूर्व राज्यसभा सांसदको साथमा पार्टीका वरिष्ठ नेताहरू उपस्थित रहनेछन्‌‍।

ब्राह्मणले आफ्नो चुनाउ प्रचार निरन्तर चलिरहेको जनाउदै आगामी दिनमा खरसाङ बजार अनि विभिन्न गाउँ-बस्तीमा घुमी घुमी चुनाउ प्रयार गर्ने योजना पार्टीको रहेको जनाए। तिनले आगामी 23 अप्रेलको दिन माकपा प्रार्थीको रुपमा आफूलाई भोट दिने अपिल पनि गरे। चुनाउ प्रचारमा माकपा उम्मेद्वार उत्तम ब्राह्मणको साथमा माकपा खरसाङ क्षेत्र समिति सचिव चेतन गुरुङ, क्षेत्र समिति सदस्य नरेन्द्र प्रधान, मन्दिरा राई, रजिना राई अनि अन्यान्य सामेल रहेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ