गौरी शंकरमा भागोप्रमोको चुनावी सभा

Share this news

29 नम्बर खरसाङ गिद्ध पहाड़ समष्टिको गौरी शंकरस्थित सार्वजनिक भवनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनावी सभा सम्पन्न भएको छ। सभामा प्रमुख अतिथिको रुपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय संस्थापक अध्यक्ष अनित थापा उपस्थित रहेका थिए भने सभाध्यक्षको रुपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा गिद्ध पहाड़ ब्लक कमिटी सभापति एंव घैयाबारी ग्राम पञ्चायत एकका उप प्रधान आशिष छेत्री उपस्थित रहेका थिए। उक्त चुनावी सभामा स्वागत सम्भाषण पवन बस्नेतले राखेका थिए भने सभालाई 29 नम्बर समष्टिको सचिव भक्तिमान तामाङ र राजले सञ्चालन गरेका थिए।

उक्त चुनावी सभालाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय प्रवक्ता एंव जीटीएको जनसम्पर्क अधिकारी एसपी शर्माले बीजेपीमाथि प्रहार गर्दै भने, दिल्लीको चुनावमा बीजेपीले महिलालाई हरेक महिना 25 सय दिन्छु भनेर घोषणा गरेको थियो। आज दिल्लीमा बीजेपीको सरकार छ। तर आजसम्म 25 सय त के 25 रुपियाँ पनि दिएको छैन। यसरी बीजेपीले ढाँट्ने काम गर्छ। सभालाई सम्बोधन गर्दै पूर्व सांसद शान्ता छेत्रीले भाजपाले विगत 20 वर्षदेखि गोर्खा जातिलाई केही दिएन तर केवल ढाट्ने काम गरेको बताइन्‌‍। उनले जीटीए प्रमुख अनित थापाको राज्यकी मुख्यमन्त्रीसित राम्रो सम्बन्ध रहेको र अनित थापाको नेतृत्वमा पहाड़मा विकास र शान्ति कायम रहेको बताइन्‌‍। चुनावी सभालाई 29 नम्बर खरसाङ गिद्ध पहाड़ समष्टिको सभापति प्रेमेन्द्र गुरूङ, शित्तल रसाइली आदिले पनि सम्बोधन गरेका थिए। सभाध्यक्ष आशिष छेत्रीले धन्यवाद ज्ञापन गरेका थिए।

यस चुनावी सभामा सभासद श्याम शेर्पा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय उपाध्यक्ष सुवास प्रधान, केन्द्रीय सदस्य समीरदीप ब्लोन, खरसाङ महकुमा समितिको सभापति सुमन बम्जन, नारी शक्ति खरसाङ महकुमा समितिकी सभापति एंव खरसाङ नगरपालिकाको चुनाव प्रभारी सबिता कार्की, घैयाबारी ग्राम पञ्चायत दुईका पञ्चायत प्रधान रिना छेत्री लगायत पार्टीको केन्द्रीय, महकुमा, समष्टि, ब्लक कमिटी, खरसाङ टाउन कमिटीका पदाधिकारीहरु लगायत अन्यहरु उपस्थित रहेका थिए। उक्त चुनावी सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै 29 नम्बर खरसाङ गिद्ध पहाड़ समष्टिको सभापति प्रेमेन्द्र गुरुङले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा 29 नम्बर खरसाङ गिद्ध पहाड़ समष्टि अन्तर्गत गिद्ध पहाड़ ब्लकको आयोजनामा यो चुनावी सभा सम्पन्न भएको र यस चुनावी सभामा उपस्थित सबैप्रति आभार प्रकट गरे। उनले यसपालीको चुनावमा यस क्षेत्रमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले विजय प्राप्त गर्ने कुरामा आशावादी रहेको बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ