elected president of Sadar 2
elected president of Sadar 2

गोरामुमो दा. सदर २ का अध्यक्ष चुनिए शिशिर राई

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो सांगठनिक बिस्तारलाई तीब्रता दिंदै व्यापक छलफल गरी सदर २ को अध्यक्ष पदमा शिशिर राईलाई सर्वसम्मतिले चयन गरिएको छ। यसैगरी उपाध्यक्षमा मदन तामाङ, बिमल तामाङ, मूल सचिवमा उत्तम मुखिया, सहसचिवमा रबि प्रधान, प्रमुख सल्लाहकारहरुमा, मणिकला तामाङ, के बी गुरुङ, अञ्जलि तामाङ चयन गरिएका छन्। यसै गरी ३० नम्बर वार्डको अध्यक्ष पदमा गोबिन्द दर्नाल, २३ नम्बर वार्डमा प्रकाश छेत्री, १४ नम्बर वार्डमा भीम थामीलाई चयन गरिएका छन्। गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामाको प्रमुख उपस्थितिमा गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत सदर २ समष्टिको सांगठनिक सभा गोरामुमो केन्द्रीय समिति सदस्या श्रीमती मणिकला तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त सभामा यी नयाँ पदाधिकारीहरू चुनिएका हुन्।
चयन गरिएका सम्पूर्ण नयाँ प्रतिनिधिबर्गलाई वाई लामाद्वारा वधाइ अनि शुभकामना दिंदै नियुक्ति पत्र हस्तान्तरण गरेका छन्। पार्टीको सांगठनिक बिस्तार अनि मजबुतीको निम्ति नयाँ प्रतिनिधिबर्गले पार्टीको सिद्धान्त अनि अनुशासनमा रहेर कार्य गर्ने वाई लामाले दिशा निर्देश समेत दिएको दिनेस साम्पाङले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

आजको रोजाइ