ईजा प्रकाशनको पुरस्कार घोषणा

Share this news

दार्जीलिङ, 15 जुलाई (निसं): ईजा प्रकाशनले यसपाली 12औं ईजा प्रतिभा सम्मान वरिष्ठ गायक एवं संगीतकार राम विष्ट र नर्तकी  बसन्ती शाहलाई प्रदान गर्ने घोषणा गऱ्यो। यसरी नै तेस्रो ईजा स्मृति युवा साहित्यिक सम्मान पुरस्कार आसामको तेजपुर निवासी सन्तोष रावतलाई प्रदान गर्ने घोषणा गरिएको छ। सन्तोष रावतको निबन्ध संग्रह 2021-मा प्रकाशित भएको थियो, जुन संग्रहलाई तेस्रो ईजा स्मृति युवा साहित्यिक सम्मान पुरस्कारको लागि चयन गरिएको ईजा प्रकाशनका सचिव सुनिल राईले जानकारी गराए। यी पुरस्कारहरू आगामी 10 अगस्तको दिन स्थानीय नेपाली साहित्य सम्मेलनको सूधपा सभागृहमा एक कार्यक्रममाझ प्रदान गरिने भएको छ। यसै कार्यक्रममाझ यसै ईजा प्रकाशनका उपाध्यक्ष नुरन राईद्वारा लेखिएको दुईवटा पुस्तकको पनि विमोचन गरिने भएको छ। सोमबार दार्जीलिङ प्रेस गिल्डमा एक पत्रकार सम्मेलनको आयोजना गरी ईजा प्रकाशनले यसको जानकारी गराएको हो। स्मरण गराइन्छ, रंगली रंगलीयट खण्डअन्तर्गत पुबोङ चियाबारी निवासी राम विष्टले 50 वर्षदेखि अनवरतरूपमा गायन क्षेत्रमा आफ्नो योगदान दिँदै आइरहेका छन् भने लगभग त्यसै समयदेखि नर्तकी बसन्ती शाहले पनि नृत्य क्षेत्रमा काम गर्दै आइरहेकी छन्। जसले हाल नृत्य निर्देशन गरेर कैयौं  नर्तकीहरूलाई पोख्त बनाइसकेकी छन्। उनीहरूको यसै योगदानको कदर गर्दै ईजा प्रकाशनले यसपाली उनीहरूलाई सम्मान जनाउने निधो गरेको हो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ