Ajay Edwards ECI letter Darjeeling
Ajay Edwards ECI letter Darjeeling

निष्पक्ष चुनाव गर्न अजय एडवर्डसले प्रमुख निर्वाचन आयोगलाई लेखे पत्र

Share this news

निष्पक्ष चुनावको लागि नियुक्ति गरिएको प्रशासकहरूसंग संगै सचिवहरूलाई हटाउनु पर्छ भन्दै अजय एडवर्डसले प्रमुख निर्वाचन आयोगलाई लेखे पत्र। खरसाङ नगरपालिका, मिरिक नगरपालिका र कालेबुङ नगरपालिका बोर्डको पाँच वर्षको कार्यकाल गत 2022 मा नै समाप्त भई सकेको छ तर पनि आजसम्म चुनाव किन गराइएको छैन भन्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसले आज प्रमुख निर्वाचन आयोग ज्ञानेश कुमारलाई पत्रचार गरेको जानकारी पार्टी केन्द्रीय कार्यकारिणी सदस्य लाडुप घिसिङले बताएका छन्। राज्यमा चुनावको घोषणा भई सकेको छ, चुनाव निष्पक्ष हुन पर्छ भनेर भारतको संविधानमा उल्लेख रहेको छ। भारतको निर्वाचन आयोगले चुनावको मिति घोषणा गरेपछि एमसीसी लागु भई हाल्छ। प्रत्येक मतदाताहरूले खुल्ला मनले आफ्नो मतदान गर्न सकोस भन्ने निर्वाचन आयोगले माहोल बनाई दिन्छ। यसैक्रममा आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसले प्रमुख निर्वाचन आयोग ज्ञानेश कुमारलाई पत्रचार गरेका छन्। गत 2017 मा दार्जीलिङ जिल्लाको खरसाङ नगरपालिका, मिरिक नगरपालिका अनि कालेबुङ जिल्लाको कालेबुङ नगरपालिकाको अन्तिम चुनाव भएको थियो। यी बोर्डहरूको पाँच बर्षको कार्यकाल 2022 मा समाप्त भइसकेको छ तर यतिका बर्षहरू बितिसक्दा पनि यी नगरपालिका बोर्डहरूको चुनाव भएको छैन। पश्चिम बंगाल सरकारले आफ्नो अधिनमा रहेको यी बोर्डहरूमा प्रशासक नियुक्ति गरेर संचालन गर्दै आई रहेको छ। यहाँ निर्वाचित जन प्रतिनिधिहरू छैनन्। यी क्षेत्रीय निकायहरूमा चुनाव नभएको कारणले गर्दा राजनैतिक रूपमा प्रशासक नियुक्ति गरेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र तृणमूल कांग्रेसको नेतृत्वहरूलाई ती बोर्डहरूमा प्रशासक नियुक्ति गरिएको छ, यसले गर्दा निष्पक्ष चुनाव सम्पन्न हुन्छ भन्ने विषयमा आफुहरूलाई भरोसा नभएकोले गर्दा यी प्रशासकहरूलाई अविलम्ब हटाएको हुन पर्छ भन्ने माग प्रमुख निर्वाचन आयोग समक्ष राखेको घिसिङले बताए।त्यसरी नै यहाँको क्षेत्रीय व्यवस्थामा पनि सचिव, वित सचिव आदि जस्ता पदहरूमा विगत धेरै वर्षदेखि राख्दै आएका छन्, यस्ता कार्यहरूले चुनावी माहोललाई प्रभाव पार्न सक्छ भन्ने हामीलाई आशंका लागेको छ, निष्पक्ष चुनाव सम्पन्न गराउनलाई चयन गरिएको पदाधिकारीहरूलाई तुरून्तै हटाउनु पर्ने पत्रमा माग गरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ