एडवर्डसले जो बोल्छन् त्यो गरेर देखाउँछन्: बेनर राई 

Share this news

अजय एडवर्डसको सहयोगमा तकदाह टिष्टा भ्याली समष्टिकोसमाज सुधार कल्याण समिति समाज घरको निर्माण गरिएको छ। यसक्रममा अजय एडवर्डसले जो बोल्छन् त्यो गरेर देखाउने इण्डियन गोर्खा जनशक्ति फ्रण्टको तकदाह टिष्टा भ्याली समष्टि अध्यक्ष बेनर राईले बताएका छन्।

तकदाह टिष्टा भ्याली समष्टिको समाज सुधार कल्याण समितिको कार्यकर्ता तथा सदस्यहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय केन्द्रीय संयोजक अजय एडवर्डस समक्ष समाज घर निर्माणको गुहार लगाएका थिए।संयोजक एडवर्डसले समाजको कार्यकर्ता तथा सदस्यहरूलाई समाज निर्माण गरि दिने वचन दिएका थिए। गत केही दिन अघिदेखि समाज घर निर्माणको निम्ति सिमेन्ट, ब्लक आदि जस्ता सर-सामग्रीहरू पठाउँदै आइरहेका छन्। सोमबार मात्र उनले समाज घरको लागि टर्सको समान उर्फ फलामको ऐंगलहरू पठाई दिएका छन्।तकदाह टिष्टा भ्याली समष्टिको समाज सुधार कल्याण समितिको कार्यकर्ता तथा सदस्यहरूले आफुहरूको क्षेत्रमा समाज घरको निर्माण हुन पर्छ भन्ने चाहना गर्दै आएका थिए। समाज घर निर्माणको माग लिएर उनीहरूले सम्बधित विभागदेखि क्षेत्रीय सरकार समक्ष धेरै पटक गुहार तथा ज्ञापन पत्र आदि चढाउँदै आइरहेका थिए। तर कहीं कतैबाट कुनै सुनुवाइ नहुँदा गत केही महिनाअघि इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डस तकदाह टिष्टा भ्याली समष्टिको भ्रमणमा आएको अवधि समाज सुधार कल्याण समितिको कार्यकर्ता तथा सदस्यहरूले समाज घर निर्माणको गुहार लगाउँदा उनले तुरून्तै समाज घर निर्माण गरि दिने वचन दिएका थिए। आफुले दिएको वचनलाई कार्य रूपमा परिणत गर्दै आइजीजेएफ केन्द्रीय संयोजक अजय एडवर्डसले समाज घर निर्माणको निम्ति सिमेन्टहरू पठाए। त्यसरी नै हलो ब्लकहरू पठाए। हिज मात्र टर्सको समान उर्फ फलामको ऐंगलहरू पठाई दिएका छन्। उनले यो क्षेत्रमा मात्रै नभएर दार्जीलिङ पहाड लगायत तराई डुवर्स आदि क्षेत्रहरूमा पनि यस प्रकारको कार्यहरू गर्दै आएका छन्। जसमा सोम-सिंगतामको फेदी बालुवाबास खोलामाथि पूल, स्काईवकको निर्माण अघिबाट गरिदिई सकेका छन्।त्यसरी नै गोर्खाल्यान्ड ब्रीज, उन्मुक्ति ब्रीज आदि जस्ता धेरैवटा ब्रीजहरूको निर्माण कार्य पूरा भइसकेका छन् भने कतिपय ब्रीजहरूको निर्माण कार्य जारी छ। त्यसै गरि धेरैवटा सडकहरूको निर्माणहरू पनि भई सकेका छन् भने कतिपय सडकहरूको निर्माण कार्य जारी छ। समाज घर, सार्वजनिक भवन, खेल मैदान, पिउने पानीको व्यवस्था, गरीब बिमारीहरूको उपचार, गरीब विद्यार्थीहरूलाई शिक्षा आदि जस्ता कार्यहरू निरन्तर रूपमा गर्दै आएका छन्। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट तथा अजय एडवर्डस कुनै सत्तामा छैनन्। तर पनि आफ्नो गोजीको पैसाले बुनियादी समस्याहरूको समाधान गर्दै आइरहेका छन् भने भोलिको दिनमा उनी सत्तामा आए दार्जीलिङ पहाड तराई डुवर्सले काँचुली फेर्नेछ यसमा कुनै संदेह नरहने तकदाह ग्लेनवर्ण समष्टि सभासद सन्नी बम्जनले बताएका छन्।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ