गोदुनिसद्वारा शैक्षिक पुरस्कार साथै सम्बर्द्धना

Share this news

दार्जीलिङ,20 जुलाई(निसं): गोर्खा दुख निवारक सम्मेलन भवन(गोदुनिस)-द्वारा आयोजित भानु जयन्ती समारोहमा पद्मश्री नरेन्द्र गुरूङलाई सम्वर्द्धना गरियो साथै प्रथम माला  कोइराला स्मृति पुरस्कार प्रदानको साथमा  सिद्धीनारायण साथै आरपी लामा शैक्षिक पुरस्कार पनि प्रदान गरियो।
शनिबार, गोर्खा दु:ख निवारक सम्मेलन दार्जीलिङको आयोजनामा 211औं भानु जयन्ती समारोह समारोहको साथमा शैक्षिक पुरस्कार अनि विभिन्न रोचक कार्यक्रमहरू सम्पन्न गरियो। कार्यक्रम गोदुनिस अध्यक्ष प्रवीण जिम्बाको अध्यक्षता, साहित्य एवं सांस्कृतिक उप समिति अध्यक्ष जतिश बराईली, शैक्षिक पुरस्कार उप-समिति अध्यक्ष पेम्बा बम्जन, एलबी कोइराला, शेखर प्रधानको विशेष उपस्थितिमा सम्पन्न गरियो।
उपस्थित अध्यक्ष साथै अतिथिहरूको बाहुलीबाट भानुभक्तको तस्वीर, साथै तीनै दिवंगत स्रष्टाहरूमा दीप प्रज्ज्वलन, खदा अर्पण गरिएपछि
पद्मश्री  सानु लामाको आत्मा शान्तिको निम्ति दुइ मिनटको मौनधारण गरियो। कवि साथै समाजसेवी योगिता राईद्वारा सञ्चालन गरिएको कार्यक्रमको प्रथम चरणमा साहित्य एवं सांस्कृतिक उप-समिति संयोजक केशव कुमार गुरूङद्वारा उपस्थित सम्पूर्ण दर्शकलगायत कार्यक्रममा सहभागी सम्पूर्णमा स्वागत जनाउँदै स्वागत सम्बोधन प्रस्तुत गरे। यसपछि रामकृष्ण शिक्षा परिषद् उच्च माध्यमिक विद्यालय साथै शारदेश्वरी कन्या उच्च विद्यालयका विद्यार्थीहरूद्वारा भानु स्मरण सामुहिक गायन प्रस्तुत गरियो। आदि कविलाई केन्द्र गर्दै सम्पन्न कार्यक्रममा आमा संघ निम्की डाँड़ा दार्जीलिङका कलाकारहरूद्वारा रामायण पाठ गरियो। कार्यक्रमलाई मनोरञ्जक तुल्याउँदै ल्हमु शेर्पाद्वारा निर्देशित त्रिवेणी संगीतालयका बाल कलाकारहरूलाई आदि कवि आधारित गीति नृत्य प्रस्तुत गरे। कार्यक्रमको विशेष चरणमा पद्मश्री नरेन्द्र गुरूङलाई गोदुनिसको पक्षमा सम्वर्द्धना जनाइयो। यसकै क्रममा पद्मश्री नरेन्द्र गुरूङको परिचयलाई उपाध्यक्ष निम बहादुर तामाङले विस्तृतरूपमा प्रकाश पारे। सम्पर्द्धना-पत्रलाई संयुक्त सचिव मेनुका प्रधानद्वारा पठन गरिएपछि क्रमैले मञ्चमा आसिन अध्यक्ष प्रवीण जिम्बा, वरिष्ठ सदस्य हेमू राईको बाहुलीबाट पद्मश्री नरेन्द्र  गुरूङलाई शिरशोभा, अंगवस्त्र, सम्वर्द्धना पत्र अनि स्मृति चिन्ह प्रदान गरियो। गोदुनिसप्रति आभार प्रकट गर्दै लोक संगीत साथै सम्बन्धित विषयबारे आफ्नो पक्षबाट सम्वर्द्धित व्यक्तित्व पद्मश्री नरेन्द्र  गुरूङले सारगर्भित वक्तव्य राखे।
कार्यक्रमको दोस्रो चरणमा सगरमाथा आरोही  प्रतिमा राईलाई सम्वर्द्धना प्रदान गरियो। पर्वतारोही प्रतिमा राईको परिचयलाई कार्यकारिणी सदस्य विशाल रूम्बाले विस्तृतरूपमा राखेपछि उपाध्यक्ष कमला लेप्चाद्वारा सम्वर्द्धना पत्र पठन गरियो। यसपछि मञ्चमा आसिन  अध्यक्ष प्रवीण जिम्बा, पूर्व अध्यक्ष बीबी गुरूङको बाहुलीबाट सम्वर्द्धना पत्र र स्मृति चिन्ह प्रदान प्रदान गरियो भने यसै मञ्चमा निर्देशक स्क्रेट हार्ट पोख्रेबुङबाट पर्वतारोही प्रतिमा राईलाई बधाईसहित नकद दश हजार राशी प्रदान गरे। यसपछि सम्वर्द्धित व्यक्ति प्रतिमा राईले विद्यार्थीहरूलाई आफ्नो कार्यमा सधैं दृढ संकल्प लिएर अघि बढ्नु पर्छ हार कहिले खानु हुन्न भन्ने बताउँदै आफ्नो वक्तव्यको क्रममा गोदुनिसप्रति विशेष आभार व्यक्त गरे।
यसपछि सम्मेलनद्वारा यसवर्षदेखि आरम्भ गरिएको माला कोइराला स्मृति पुरस्कार सम्पन्न गरियो जसमा पुरस्कार अनुरूप अंकहरूले तीन विद्यालयका विद्यार्थीहरूमा उक्त पुरस्कार समानरूपमा विभक्त गरिएको थियो। प्रथममा यसै पुरस्कार माला कोइराला स्मृति शैक्षिक पुरस्कार सम्बन्धि एवं माला कोइरालाको परिचयलाई शैक्षिक उप-समिति संयोजक अमला सुब्बाले विस्तृतरूपमा जानकारी गराए। यसपछि मञ्चमा आसिन अध्यक्ष प्रवीण जिम्बा, शैक्षिक उप समिति  पेम्बा बम्जन, एल बी कोइरालाका परिवारको बाहुलीबाट विद्यार्थीहरू क्रमैले अभिमन्यु भण्डारी (शान्तिरानी सन्त पिटर्स उच्च मावि सोनादा), ब्रुप्छेन तामाङ (डनबस्को उमावि मिरिक), नम्रता प्रधान(कालेबुङ कन्या उमावि)लाई  प्रमाण पत्र, स्मृति चिन्हलगायत नगद राशी 33 हजार 5 सय रूपियाँ गरि तीनै विद्यार्थीहरूलाई प्रदान गरियो।
यसपछ गरी शिद्धीनारायण प्रदान र आरपी लामा पुरस्कार दार्जीलिङ सदर महकुमामा नेपाली विषय सहित माध्यमिक र उच्चतर माध्यमिक परीक्षामा मोठमा सर्वोच्च अङ्क प्राप्त विद्यार्थीलाई प्रदान गरिने शैक्षिक पुरस्कारको क्रममा सर्वप्रथम शैक्षिक पुरस्कार प्रदानको क्रममा माध्यमिक परीक्षामा शिद्धीनारायण प्रधान शैक्षिक पुरस्कार प्रापक अभिमन्यु भण्डारी (शान्तिरानी उमावि),सोनादा)(प्राप्त अंक 590 प्रतिशत ) अनि  उच्चत्तर माध्यमिक परीक्षा आरपी लामा शैक्षिक पुरस्कार प्रापक मोहम्मद रेहान(आरके एसपी उमावि दार्जीलिङ)(प्राप्त अंक 453 प्रतिशत) मञ्चमा आसिन उपाध्यक्ष एनबी तामाङ उपाध्यक्ष, एनके खड़का, , शेखर प्रधानको बाहुलीबाट प्रमाण- पत्र र नकद राशी दश-दश हजार रुपियाँ प्रदान गरियो भने विजेता विद्यालयलाई पनि सम्मेलनको पक्षमा स्मृति चिन्ह प्रदान गरियो। कार्यक्रमलाई विशेष आकर्षक बनाउदै कवयित्री, शिक्षिका, गायिका प्रमीता गुरूङले कविता प्रस्तुत गरे भने मनोरञ्चकै क्रममा गायक प्रेम सिञ्चुरी, स्वरश्री 2024 उप-विजेता निधिसिंग लकान्द्री अनि शारदेश्वरी कन्या उच्च विद्यालय साथै त्रिवेणी संगीतालयका कलाकारहरूद्वारा गीत अनि नृत्य नाटिकाहरू प्रस्तुत गरियो। कार्यक्रमको अन्त्यमा अध्यक्षीय सम्बोधनको क्रममा अध्यक्ष प्रवीण जिम्बाद्वारा उपस्थित सम्पूर्ण अतिथि, पुरस्कृत व्यक्तित्वलगायत सम्पूर्ण आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरे भनी पत्रकार सबिता संकल्पले जानकारी दिएकी छन्।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ