कक्षा कोठाभन्दा बाहिर शिक्षा तीनदिने प्रकृति शिविर सम्पन्न

Share this news

दार्जीलिङ,24 दिसम्बर(निसं):पूर्वी हिमालयको प्राकृतिक परिवेशलाई कक्षा कोठा बनाउँदै, आधारित शिक्षा  (प्लेस बेस्ड एडुकेशन-पीबीइ) अन्तर्गत बुंगकुलुङ गाउँ, मिरिक ब्लकमा तीनदिने प्रकृति शिविर सफलतापूर्वक सम्पन्न भयो। यस शिविरले व्यवहारिक, अनुभवजन्य र स्थानीय सन्दर्भमा आधारित सिकाइ मार्फत विद्यालय शिक्षालाई नयाँ दिशा दिने प्रयास गरेको अशोका ट्रस्ट फर रिसर्च इन इकोलोजी एन्ड द एनभाइरनमेन्ट (एटीआरइइ/एट्री)-ले जानकारी गराएकोछ।
जानकारी अनुसार, अशोका ट्रस्ट फर रिसर्च इन इकोलोजी एण्ड द एनभाइरनमेन्ट (एटीआरइइ/एट्री) दार्जीलिङद्वारा एक्सन फर माउण्टेन्स एण्ड पिपल्स(एएमपी) द हिमालयन इनिसिएटिभ अन्तर्गत तथा रुरल इण्डियन सपोर्टिङ ट्रस्ट (आरआइएसटी)-को सहयोगमा आयोजना गरिएको उक्त शिविरमा पञ्चाबत्ती उच्च माध्यमिक विद्यालय, सिटोङ-3 र सेन्ट रोबर्ट्स उच्च माध्यमिक विद्यालय, दार्जीलिङका गरी जम्मा 30 जना विद्यार्थीहरू सहभागी थिए। आधारित शिक्षा भनेको विद्यार्थीहरूले आफ्नै वातावरण, जैविक विविधता, संस्कृति र समुदायका समस्या तथा सम्भावनालाई सिकाइको मूल आधार बनाएर ज्ञान आर्जन गर्ने नवीन शिक्षण पद्धति हो। पाठ्यपुस्तक र कक्षाकोठाभन्दा बाहिर गएर प्रकृतिसँग प्रत्यक्ष सम्पर्कमार्फत सिकाइ हुने यस विधिले शिक्षा जीवनोपयोगी र अर्थपूर्ण बनाउँछ।
शिविरको नेतृत्व एट्री दार्जीलिङ प्रोजेक्ट एसोसियट योगेश तामाङले गरेका थिए भने हिमालयन सोसाइटी फर नेचर एण्ड साइन्स-का डा. साइबल सेनगुप्ता स्रोत व्यक्तिका रूपमा सहभागी रहेका थिए।थप जानकारी अनुसार, तीनदिने शिविर अवधिभर विद्यार्थीहरूलाई हिमालयको जैव भौगोलिक अध्ययन, पूर्वी हिमालयको विशिष्ट जैविक विविधता तथा स्थान आधारित शिक्षाका अवधारणामाथि सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरियो।
थप जानकारी अनुसार, शिविरको मुख्य आकर्षण मैदान आधारित व्यावहारिक प्रशिक्षण रहेको थियो। विद्यार्थीहरूलाई दूरबिन (बाइनोकुलर) र क्यामेरा प्रयोग गर्ने आधारभूत तालिम दिइयो। साथै नागरिक विज्ञान (सिटिजन साइन्स) अन्तर्गत विद्यार्थीहरूले नेचुरलिस्ट र मर्लिन  मोबाइल एप प्रयोग गरेर चराचुरुङ्गी, पुतली तथा वनस्पति प्रजातिहरूको डिजिटल अभिलेखीकरण गरे। यस अभ्यासले विद्यार्थीहरूमा वैज्ञानिक सोच, सूक्ष्म अवलोकन क्षमता तथा जैविक विविधता संरक्षणप्रतिको जिम्मेवारी भावना विकास गरायो।
कार्यक्रमको जानकारी अनुसार, शिविरको दोस्रो दिन स्थानीय दिगो आजीविकासँग प्रत्यक्ष जोडिएको सिकाइमा केन्द्रित रहेको थियो। विद्यार्थीहरूले जैविक कृषि प्रणाली, मौरीपालन (मौरी बाकस निर्माणदेखि मह संकलनसम्म), विभिन्न मौरी प्रजाति, माछापालन, अनानास खेती, स्थानीय जडीबुटी तथा परम्परागत ज्ञान, समुदाय–आधारित उद्यम र दिगो ग्रामीण पारिस्थितिक पर्यटन बारे व्यवहारिक जानकारी प्राप्त गरे।यसै क्रममा विद्यार्थीहरूले बुंगकुलुङ गाउँस्थित हनी एण्ड एग्रो–प्रोसेसिङ इन्डस्ट्रियल-को-अपरेटिभ सोसाइटी लिमिटेड-को अवलोकन भ्रमण गरे, जहाँ मौरी बाकस बनाउने प्रक्रिया, मौरी प्रजातिको पहिचान तथा मह सङ्कलन र प्रशोधन विधि प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्राप्त भयो। यसले वातावरण मैत्री आजीविका र समुदाय–आधारित उद्यमको महत्वलाई जीवन्त रूपमा प्रस्तुत गर्‍यो।
शिविरको अन्तिम दिन विद्यार्थीहरूले शिविर अवधिमा सिकेका ज्ञान र अनुभवहरूलाई पोस्टर प्रस्तुति मार्फत प्रस्तुत गरे। आत्मविश्वासका साथ गरिएको प्रस्तुतीकरणपछि सहभागी सबै विद्यार्थीहरूलाई सहभागिता प्रमाणपत्र वितरण गरियो।शिविरमा सहभागी विद्यार्थीहरूले प्रकृतिसँग प्रत्यक्ष अध्यन गराइँदा आफ्नो वरपरको वातावरणप्रति गहिरो समझ विकसित भएको, प्रकृतिप्रतिको संवेदनशीलता बढेको तथा स्थानीय जीवनशैली र दिगोपनबारे नयाँ दृष्टिकोण प्राप्त भएको प्रतिक्रिया दिएका छन्। आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा पर्यावरणीय चेतना, नेतृत्व क्षमता र समुदायप्रतिको उत्तरदायित्व विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउँछन्।
एट्री दार्जिलिङले एएमपी द हिमालयन इनिसिएटिभ अन्तर्गत आगामी दिनहरूमा यस्ता स्थान-आधारित शैक्षिक कार्यक्रमहरूलाई थप विद्यालय र समुदायसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ भनी एट्री-को जानकारी छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ