डुवर्सेली गोर्खाहरू एक हुनैपर्ने आह्वान सघन मोक्तानको आह्वान

Share this news

डुवर्स गोर्खा संघर्ष मोर्चा (डिजिएसएम)का प्रमुख सघन मोक्तानले सबै डुवर्सेली गोर्खाहरू एक हुनैपर्छ भन्ने आह्वान गरेका छन्। यसका लागि उनले आगामी 28 दिसम्बरको दिन ओदलाबोडीको दीपु पाडामा एउटा समावेशको आयोजन गरेका छन्। जसको शीर्षक अब डुवर्स उठ्छ भन्ने राखेका छन्। उनले विज्ञप्तिमा भनेका छन्- डुवर्सेली गोर्खा हुनु आज केवल पहिचान मात्र होइन, संघर्षको नाम बनेको छ। इतिहास साक्षी- हामीले देशका सीमाहरू जोगायौँ, चिया बगान उभ्यायौँ, वन–जंगललाई जीवन दियौँ, तर आज आफ्नै भूमिमा हामी असुरक्षित, अवहेलित र उपेक्षित हुँदै गएका छौँ।
आज डुवर्सेली गोर्खाको सबैभन्दा ठूलो दुर्भाग्य के हो भने- हामी संख्यामा धेरै भएर पनि शक्तिमा कमजोर छौँ। हामी इतिहासमा गर्विला भएर पनि वर्तमानमा मौन छौँ। डुवर्सेली गोर्खाको अस्तित्वमाथि योजनाबद्ध प्रहार भइरहेको छ। हाम्रो जमिन, रोजगारी, संस्कृति र राजनीतिक स्थान क्रमशः खोसिँदैछ। हामीलाई विभाजित राखेर, कमजोर बनाएर, निर्णय प्रक्रियाबाट बाहिर राख्ने षड्यन्त्र स्पष्ट देखिन्छ। एक्ला–एक्ला परे हामी सजिलै समाप्त गरिन्छौँ।
यसरी नै डुवर्सका अन्य समुदायहरूले जब आफ्नो जातीय अधिकारमाथि चोट पर्छ, तब एक स्वर, एक मंच र एक निर्णयका साथ उभिन्छन्। तर गोर्खा समुदाय आज पनि दल, गुट, संगठन र व्यक्तिगत स्वार्थमा विभाजित छ। यही विभाजन हाम्रो सबैभन्दा ठूलो कमजोरी बनेको छ। क्रमशः हामी राजनीतिक रूपमा प्रयोग हुन्छौँ तर प्रतिनिधित्व पाउँदैनौँ। चुनाव आउँदा हाम्रो भोट आवश्यक हुन्छ, तर निर्णय हुँदा हाम्रो आवाज अनावश्यक ठानिन्छ। एकता बिना गोर्खा भोट केवल संख्या हुन्छ, शक्ति हुँदैन।
अर्को- डुवर्सेली गोर्खाको नयाँ पुस्ता पहिचानविहीन भविष्यतर्फ धकेलिँदैछ।
यदि आज हामी एक भएनौँ भने, भोलि हाम्रो सन्तानले “हामी को हौँ ? हाम्रो अधिकार के हो ?” भन्ने प्रश्नको जवाफ पाउने छैन। क्रमशः एकता कुनै पार्टी, संगठन वा व्यक्तिका लागि होइन- गोर्खा जातिको सम्मान, स्वाभिमान र अस्तित्वका लागि हो। हामी फरक विचार राख्न सक्छौँ, फरक दलमा हुन सक्छौँ, तर जातीय अस्तित्वको सवालमा एउटै लाइनमा उभिनैपर्छ। आज यदि हामी मौन बस्यौँ भने, भोलि हाम्रो मौनतामाथि निर्णय थोपरिनेछ। आज यदि हामी एक भएनौँ भने, भोलि हाम्रो नाममा अरूले राजनीति गर्नेछन्।
एकता हाम्रो विकल्प होइन, वाध्यता हो। एकता हाम्रो कमजोरी होइन, सबैभन्दा ठूलो शक्ति हो।
यसर्थ, डुवर्सेली गोर्खा समाजका अग्रज, युवा, बुद्धिजीवी, पत्रकार, संघ–संस्थाका प्रमुख, भूतपूर्व सैनिक, र आम नागरिक सबैलाई आह्वान गर्दै मोक्तानले भनेका छन्-व्यक्तिगत इर्ष्या छोडौँ, दलभन्दा माथि जातिलाई राखौँ, आज होइन भने कहिल्यै होइन भन्ने चेतनाका साथ एक हौँ। डुवर्सेली गोर्खाको इतिहास आज निर्णायक मोडमा उभिएको छ। हाम्रो एकता नै हाम्रो सुरक्षा हो, हाम्रो अधिकार हो, हाम्रो भविष्य हो भन्दै सघन मोक्तानले सबै डुवर्सेली गोर्खाहरू एक हुनका लागि निर्धारित मिति, स्थान अनि समयमा उपस्थिति दिने अनुरोध गर्दै सम्पर्क नम्बरहरू 9339656416 अनि 9434378547 पनि दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ