गोजमुमो श्रमिक सङ्गठन डीटीडीपीएलयू शाखा समिति गठन

Share this news

खरसाङ, (निसं): खरसाङ महकुमा अन्तर्गत 29 नम्बर समष्टिको गिद्ध पहाड़स्थित गौरी शंकरमा गोर्खा जनमुक्ति मोर्चाको ट्रेड युनियन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियनको युनिट कमिटी गठन गरिएको छ। यसको साथै गोजमुमोको ट्रेड युनियनलाई लिएर एक सांगठनिक सभा पनि सम्पन्न भयो। उक्त सांगठनिक सभा अमर लामाको अध्यक्षतामा साथै केन्द्रीय समिति ट्रेड युनियन अध्यक्ष सुरज सुब्बाको प्रमुख उपस्थितिमा सम्पन्न भएको छ।

सभा गोजमुमो खरसाङ महकुमा समितिको सभापति एवं पूर्व सभासद योगेन्द्र राई, गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति कार्यालय सचिव दिपेन्द्र देवान, खरसाङ महकुमा सह सचिव विकाश तिरुवा, खरसाङ शहर समिति अध्यक्ष गोपाल प्रधान, उपाध्यक्ष विष्णु सुन्दास लगायत अन्यन्याको उपस्थितिमा सम्पन्न भएको छ। सभामा धेरै मानिसहरूले गोर्खा जनमुक्ति मोर्चाको गोर्खाप्रतिको इमान्दारीता र कार्यशैलीलाई मन पराएर पार्टीलाई समर्थन जनाएको दाबी गरिएको छ। यसै सभामा गोजमुमोको ट्रेड युनियन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियन केन्द्रीय समिति अध्यक्ष सुरज सुब्बाको उपस्थितिमा खरसाङ गिद्ध पहाड़ समष्टि ट्रेड युनियनको शाखा समिति पनि गठन गरिएको छ।

उक्त कमिटीमा अध्यक्ष अमित तामाङ, उपाध्यक्ष प्रणय तामाङ, सचिव पुरण तामाङ, सह सचिव सरन तामाङ, कोषाध्यक्ष मोहन भुजेल, सह कोषाध्यक्ष निरेश शर्मा, सल्लाहकारमा निरज घिसिङ, सञ्जिब भुजेल, विकाश भुजेल, उत्तम सुब्बा, विशाल भुजेल, डम्बर तामाङ, पेमा तामाङ र पवन घिसिङ लगायत 6 जना कार्यकारी सदस्यहरु पनि चयन भएका छन्‌‍।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ