पानी परेपछि सुकेको घट्टे खोला पनि उर्लियो

Share this news

मिनरल स्प्रिङ, 20 जून(निसं): केही दिन अघिसम्म उत्तप्त गर्मीले अस्त व्यस्त बनेको पहाडको जनजीवन पानी परेपछि केही राहत पुगेको छ। बुधबार  रातिदेखि निरन्तर रूपमा परेको पानीले गर्दा मौसममा परिवर्तन आउनको साथै सबैले उखरमाउलो गर्मीदेखि शीतलता अनुभव  भएको छ। रातिदेखि आज दिनभरि रोकिन्दै फेरि पर्दै गरेको पानीले शुष्क अवस्थामा रहेकाे खोल्सा, खोला नालामा पानीको जलस्तर बढेर गएको देखिएको छ। यता मिनरल स्प्रीङ क्षेत्रमा बहने रूङदुङ अनि घट्टे खोलामा पनि पानीको जलस्तर बढेको छ भने  दुवै किनार ढाकेर खोला बगिरहेको देखियो। हिजो रातिदेखि परेको पानीले विभिन्न स्थानमा सडकलाई आंशिक क्षति पुर्‍याएको खबरहरु पनि प्राप्त भएको छ। यद्धपि यातायातमा भने कुनै बाधा भएको छैन। यता घट्टे गाउँ भएर तकदाह चियाबारी उकालो हुँदै छ माईल,सात माईल, लामाहट्टा, यसैगरी सिंगरिम्ताम,ग्लेनवर्ण, सुम्बुङ आदि क्षेत्रमा पुग्न सकिने पथश्री प्रकल्पको नव निर्मित सडक पैह्रोको कारण वाधित रहेको जानकारी पाइएको थियो तर स्थलगत निरिक्षण गर्दा सडकमा कुनै प्रकारको ठूलो पैह्रो नझरेको देखिएको छ। उक्त सडक भएर यात्रु बाहक वाहन सुचारु रुपले चलिरहेको छ।तर वर्षाको कारण सडक चौडा गर्दा काटिएको अग्ला भित्ताहरु भने ठाउँ-ठाउँमा सडकको कुनामा झरेकोले गर्दा आंशिक अवरोध देखिएको छ औ उक्त अवरोधले नालामा बग्ने पानीलाई बाधा पुर्याइरहेको हुनाले यसको निकासीको व्यवस्था गरिन प्राथमिकता दिइनु उचित देखिन्छ यदि यसो नभए सडकलाई क्षति पुर्याउने सम्भावना रहन्छ।हाल उक्त सडकलाई धेरै पर्यटक बोक्ने वाहनहरूले प्रयोगमा ल्याइरहेको छन्। बर्खा मासमा झोडा-नालाको व्यवस्थापनमा ध्यान पुर्याउनु उचित ठहदर्छ। झोडा नालाको उचित व्यवस्था नभए सडक तथा सडक छेउमा अवस्थित घरहरूलाई पनि क्षति पुग्न सकिने सम्भावना बढेर जान्छ। यसर्थ यस विषयमा समयमा नै ध्यान पुर्याउनु सचेत मानिसहरू साथै विभागको पनि जिम्मेवारी हुन जान्छ। समयमा कुलोहरू काटेर नालाको अवरोधहरू पन्साएको छ भने बर्खा मासमा मानवकृत भल पैह्रोदेखि बाँच्न सकिन्छ। अर्कोतिर हिजो रातिदेखि लगातार रूपमा परेको पानीले यांखुस्थित सडकलाई केही क्षति पुर्याएको स्थानीय मनोज राईले जानकारी दिएका छ्न्। गाउँ माझमा स्थित सडकको एक अंश पैह्रोले सोहरेर लगेको उनले बताएका छन् भने आज दिनभरिको यो असारे झरीमा पनि गाउँ समाजका सम्पूर्ण व्यक्तिहरूको सहभागितामा सडकको नारीहरू सफा गर्ने कार्य गरिएको उनले थप जानकारी छ।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ