डा. शेराप भोटिया मिरिक कलेजका पहिलो पूर्णकालिक प्राचार्य

Share this news

ले मिरिक कलेजका पहिलो पूर्णकालिक प्राचार्यको रूपमा बुधबारदेखि आफ्नो कार्यभार सम्हालेका छन्। पश्चिम बंगाल शिक्षा सेवा अन्तर्गतका अधिकारी तथा दार्जिलिङ सरकारी कलेजको भूगोल विभागका पूर्व सहप्राध्यापक तथा विभागाध्यक्ष डा. शेराप भोटियाले बुधबार, ३१ दिसम्बर २०२५ का दिन मिरिक कलेजको पूर्णकालिक प्राचार्यको रूपमा औपचारिक रूपमा कार्यभार ग्रहण गरेका छन्। उनको नियुक्ति मिरिक कलेजका लागि ऐतिहासिक क्षण हो, किनकि कलेज स्थापना भएको २५ वर्षपछि डा. भोटिया पहिलो पूर्णकालिक प्राचार्यको रूपमा नियुक्त भएका हुन्। यसले मिरिक र निकटवर्तीका क्षेत्रका मानिसहरुमा गर्व र आशाको भावना जगाएको छ।

डा. भोटियाको चयन पश्चिम बंगाल कलेज सेवा आयोग (WBCSC) मार्फत भएको हो। प्राचार्य पदका लागि आवेदन दिएका ४२० उम्मेदवारमध्ये ३१६ जनाको अन्तर्वार्ता लिइएको थियो। त्यसपछि १४० जनाको अस्थायी मेरिट सूची प्रकाशित गरिएकोमा डा. भोटियाले २६औँ स्थान हासिल गरेका थिए। अक्टोबर २०२५ मा सम्पन्न काउन्सेलिङ्ग प्रक्रियामा ११० जना उम्मेदवारलाई विचार गरियो र अन्ततः ८५ जनालाई पश्चिम बंगालका विभिन्न कलेजहरूमा नियुक्तिका लागि सिफारिस गरिएको थियो।

दार्जीलिङको गान्धी रोड निवासी डा. शेराप भोटिया स्व. लोबसाङ ग्याल्त्सेन भोटिया र श्रीमती पेम्बा भोटियाका सुपुत्र हुन्। उनले कालिम्पोङ जिल्लाको पेडोङस्थित सेन्ट जर्ज हायर सेकेन्डरी स्कूलबाट माध्यमिक र उच्च माध्यमिक शिक्षा प्राप्त गरेका हुन्। उनले विश्वभारती विश्वविद्यालय, शान्तिनिकेतनबाट स्नातक, स्नातकोत्तर तथा पीएच.डी. उपाधि हासिल गरेका छन्। यसका साथै उनले एसआरबीटी कलेज, दार्जीलिङबाट बी.एड. तथा इन्दिरा गान्धी राष्ट्रिय मुक्त विश्वविद्यालय (IGNOU) बाट विपद् व्यवस्थापनमा स्नातकोत्तर योग्यता पनि प्राप्त गरेका छन्।

२५ वर्षभन्दा बढी समयको उच्च शिक्षामा अनुभव भएका डा. भोटियाले एसआरबीटी कलेज, चन्दननगर सरकारी कलेज तथा दार्जीलिङ सरकारी कलेज जस्ता प्रतिष्ठित संस्थाहरूमा सेवा प्रदान गरिसकेका छन्। उनले बी.एड., स्नातक तथा स्नातकोत्तर तहमा अध्यापन, पीएच.डी. अनुसन्धानार्थीहरूको निर्देशन, तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित जर्नलहरूमा अनुसन्धान लेख प्रकाशन मार्फत उल्लेखनीय योगदान पुर्‍याएका छन्।

डा. भोटिया विभिन्न राष्ट्रियस्तरका प्रतिष्ठित पुरस्कारहरूका प्राप्तकर्ता हुन्, जसमा राष्ट्रिय शिक्षा सम्मान, भारत शिक्षा गौरव पुरस्कार, डा. ए.पी.जे. अब्दुल कलाम लाइफटाइम अचिभमेन्ट अवार्ड, बेस्ट रिसर्चर अवार्ड, तथा डा. ए.पी.जे. अब्दुल कलाम आउटस्ट्यान्डिङ भिजनरी प्रोफेसर अवार्ड पर्दछन्। साथै उनलाई पश्चिम बंगाल सरकारको विज्ञान, प्रविधि तथा उच्चशिक्षा विभागद्वारा प्रदान गरिएको आउटस्ट्यान्डिङ प्रेजेन्टेशन अवार्ड पनि प्रदान गरिएको छ।

डा. भोटियाले डा. विनोद के. भारद्वाजसँग सह-सम्पादन गरेको पुस्तक “Human Trafficking in South Asia” (२०१४) लाई लोकसभा, नयाँ दिल्लीले २०१४ र २०१८ मा भारत सरकारको संसदका लागि सन्दर्भ नोट तयार पार्न प्रयोग गरेको थियो। उक्त पुस्तक कलकत्ता विश्वविद्यालय र पश्चिम बंगाल राज्य विश्वविद्यालयको राजनीतिशास्त्र स्नातकोत्तर पाठ्यक्रममा सन्दर्भ पुस्तकको रूपमा समावेश गरिएको छ।

डा. भोटिया भारत तथा विदेशमा आयोजित विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सेमिनार तथा सम्मेलनहरूको आयोजनामा सक्रिय रहेका छन्। यसै गरी उनी संयुक्त अरब इमिरेट्स, पोर्चुगल, क्यानडा, इटाली, स्वीडेन, नर्वे, स्पेन, इन्डोनेसिया, जापान, मलेसिया, संयुक्त अधिराज्य, थाइल्यान्ड तथा संयुक्त राज्य अमेरिका लगायतका देशहरूमा आयोजित सम्मेलनहरूको अन्तर्राष्ट्रिय आयोजक समितिका सदस्य रहेका छन्। उनी धेरै अन्तर्राष्ट्रिय जर्नलहरूको सम्पादकीय बोर्डका सदस्य हुनुका साथै प्रतिष्ठित शैक्षिक जर्नलहरूमा समीक्षक (रिफरी)को रूपमा पनि कार्यरत छन्। आफ्नो कार्यभार ग्रहण गर्दै डा. शेराप भोटियाले भने, कलेजको प्राचार्यको रूपमा गतिशील शैक्षिक वातावरण निर्माण गर्नु, संस्थागत उत्कृष्टता सुनिश्चित गर्नु, तथा उच्च शिक्षाका मूल्य र दृष्टिकोणअनुसार विद्यार्थीहरूको सर्वाङ्गीण विकास गर्नु मेरो प्रमुख प्राथमिकता हुनेछ। कलेज परिवारले उनलाई प्राचार्यको रूपमा सफल र सुखद कार्यकालको कामना गर्दै माल्यर्पण गरेर वधाइ दिएको थियो।।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ