डा. प्रताबसिंह राईकृत द लिटल रगित अफ दार्जीलिङ अन द अदर साइट-विमोचन

Share this news

दार्जीलिङ,29 जुलाई(निसं): आइतबार एक कार्यक्रमको साथमा बीएसएमआई स्कूलका संस्थापक एवम् प्रधान अध्यापक डा. प्रताबसिंह राईकृत पुस्तक द लिटल रगित अफ दार्जीलिङ अन द अदर साइट- विमोचन गरियो। दार्जीलिङ लेबोङस्थित बीएसएमआई स्कूल प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व पार्षद नेत्र ठकुरी थिए भने विद्यालयका पूर्व शिक्षक-शिक्षिकागण, भूतपूर्व विद्यार्थीहरू लगायत सर्वसाधारणको बाक्लो उपस्थिति थियो। विविध कार्यक्रमहरुको साथमा आयोजना गरिएको कार्यक्रममा डा. राईको कार्यक्रमको माध्यमबाट आफ्नो पुरानो परिवारलाई भेट्ने अवसर पाएको बताए भने पुस्तक विमोचनको बहानामा पुराना विद्यार्थी तथा शिक्षक-शिक्षिकाहरुलाई एकैठाउमा पाउँदा पुरानो यादहरु आलो भएको बताए। यसका साथमा यसरी बिधालयलाई सम्झेर सबै भेला भएकोमा सबैलाई स्मरण गरे।
अर्कोतिर, आफुहरुलाई यसरी सम्झेर बोलाउदै पुरानो विद्यार्थी जीवनका सम्पुर्ण परिवारलाई भेट्ने अवसर प्रदान गरेकोमा आफुहरु बिधालयप्रती आभारी रहने भुतपुर्व विद्यार्थी सेरोन डेबिट राईले बताए। यसका साथमा कार्यक्रमको माध्यमले  आफुहरुले बिधालयमा बिताएका पलहरु स्मरण गर्ने मौका सगै आफुहरु शिक्षा प्रदान गर्ने सम्पुर्ण शिक्षक-शिक्षिकाहरुलाई एकै मञ्चमा ल्याउने काम गरेको उनले बताए। यसको साथै कार्यक्रममा भुतपुर्व शिक्षक शिक्षिकाहरुलाई भुतपुर्व विद्यार्थीहरुले सम्मान समेत गरेका थिए। मुख्य रूपमा दार्जीलिङ-पुलबजार खण्डका विभिन्न क्षेत्रहरूमा केन्द्रित रचनाहरू समेटिएको पुस्तक अग्रेजी भाषामा छापिएको छ भने यस पुस्तकमा विविध सामग्रीहरु समेटिएको छ।



Share this news
आजको रोजाइ
बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

शहरमा भूमिगत विद्युत तार बिछाउँदै गरेको कार्यमाथि बैठक

शहरमा भूमिगत विद्युत तार बिछाउँदै गरेको कार्यमाथि बैठक

हरेक बिहीबार “परम्परागत पोशाक कार्य दिवस” पालन

हरेक बिहीबार “परम्परागत पोशाक कार्य दिवस” पालन

सिवि र प्रसं, चिसोपानीद्वारा रक्तदान शिविर आयोजित

सिवि र प्रसं, चिसोपानीद्वारा रक्तदान शिविर आयोजित