विद्यार्थी परिवार समाजले डा. कमल भुजेलले अतिक्रमण गरेको भनी दिएको वयानलाई डा. कमल भुजेलले खण्डन

Share this news

खरसाङ, (निसं): गत 21 जनवरीको दिन प्रकाशित समाचारमा दिलाराम चिया कमानको विद्यार्थी परिवार समाजले उमेश राईले दान दिएको समाजको जमिन डा. कमल भुजेलले अतिक्रमण गरेको भनी दिएको वयानलाई डा. कमल भुजेलले खण्डन गरेका छन्‌‍।

डा. कमल भुजेलले भनेका छन्‌‍, 34 वर्षदेखि पञ्जिकृत नै छैन नभएको समाजले डा कमल भुजेलले समाजको जमिन अतिक्रमण गरेको साथै त्यहाँ त्यो जमिन उमेश राईले दान दिएको भन्ने जुन तर्क राखेको छ्‌‍ त्यसको म डा. कमल भुजेल खण्डन गर्दछु अनि कड़ा शब्दमा विरोध गर्दछु। भुजेलले दावी गर्दै भनेका छन्‌‍, त्यस ठाँउमा हाम्रो परिवार 1998 सम्म बसेको थियो भने 2003 सम्म हाम्रो घर त्यसै स्थानमा थियो, त्यसपछि बिस्तारै-बिस्तारै घर भत्काएर अलिक माथि मूल घरमा सरेका थियौँ। यता उमेश राईको बाबा अन्य ठाँउबाट आएर हाम्रै बाजेकोमा गोठालो बसेका थिए अनि त्यस ठाँउमा हाम्रै सन्तानले घर बनाएर बसेको थियो, जसमा मेरो बाबा पनि बसेर आएका हुन्‌‍, जहाँ मेरो जन्म भएर म हुर्केको पनि हो। हामी बसिरहेको जमीन उमेश राईले 1994 सालमा कसरी दान दियो यो अचम्मको कुरा हो।

तिनले आरोप लगाउदै भनेका छन्‌‍, केहि महीना अघि यसै समाजका राजु थापाले पनि हाम्रो जमीन लुट्न खोजेको थियो, हाम्रो घरमा पुलिससम्म लिएर कुट्छु-मार्छु गर्दै अति नै पीड़ा दिएका थिए तर हामीले यसको विरोध गरेपछि राजु थापाले माजिस्ट्रेट सामू फाइन तिरेर बोण्ड पनि साइन गरेका छन्‌‍। तर यसै कुराको आधार बनाएर हाम्रो परिवारलाई समाज बहिस्कार पनि गरिएको छ। हामीलाई बहिस्कार गरेपछि त्यस जमिनमा हामीले फेन्सिङ गरेको काड़ेतार समेत भत्काएर विद्यार्थी परिवारले अतिक्रमण गरी राज्य सरकारको “हाम्रो गाँउ, हाम्रो समाधन” योजना हाम्रो जमीनमा जबर्जस्ती थोप्न खोजेको हो।

जुन ठाँउका लागि एक्जिम्युटिव मेजिस्ट्रेटबाट आदेश आएपछि निर्माण कार्य रोकिएको थियो। पछि यो जमीनी विवाद सिविल कोर्टमा गएर मिलाउनु भन्ने एक्जिक्युटिव मेजिस्ट्रेटको दोस्रो आदेश हुँदा हुँदै पनि यसको उल्लंघन गरेर विद्यार्थी परिवार समाजले जबर्जस्ती हाम्रो जमीनमा 9 जनवरीको साँझ म घरमा नरहेको बेला बाहिरबाट मान्छेहरू लिएर, हामीलाई हेपेर जबर्जस्ती टीनको शेड बनाएका हो। यसको अर्डर शुट पनि प्रस्तुत गर्दछौँ भनी भुजेलले कागज पत्र पनि प्रस्तुत गरेका छन्‌‍।

हामी यस योजनाको विरोधमा छैनौँ तर हामीलाई जनाएर बनाएको हुनु पर्ने थियो भन्ने अड़ान हाम्रो हो अनि केही सदस्यहरूले त यस विषयलाई मानेका पनि थिए। आज पनि हामीलाई लेखेर मागे हामी सहृदय दिनेछौँ। तर जबर्जस्ती हेपेर जमीन हड़प्न खोजे त्यसको अन्तसम्म नै विरोध गर्नेछौँ। 13 जनवरीको दिन हाम्रो पारम्परिक पितृ पुजा गरेको छेकोथान मन्दिर अनि बोजु बिष्णुमाया भुजेलको नाममा राखिसकेको किताबको र्य़ाक बर्बर्तापूर्वक भत्काइदिएकोमा सम्पूर्ण जाति अनि शिक्षित जमातलाई गहिरो आघात पुर्य़ाएको छ भन्ने हामीलाई लागेको छ, जसको सबैतिरबाट विरोध भइरहेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ