6 माइलमा प्लास्टिक उपयोग नगरौ सचेतता र्‍याली

Share this news

पेशोक,  6 जुलाई (रिम): दार्जिलिङ-पुलबजार खण्ड द्वारा प्लास्टिक उपयोग माथि जनचेतना जगाउदै हिजो 6 माईल बजारमा एक सचेतता र्‍याली निकालियो।  प्लास्टिक प्रयोग नगर्न विभिन्न नारा लेखिएका प्ल-कार्ड लिएर दार्जीलिङ-पुलबजार खण्ड अनि दवाईपानी ग्राम पञ्चायतको विशेष पहलमा  र्‍याली निकाइएको थियो। अहिले हरेक घर, दोकान, रेस्टुरेन्टहरुमा सिंगल प्रयोगमा आउने प्लास्टिक थैलीहरु निक्कै प्रयोगमा आएको देख्न देखिन्छ भने हरेक खाद्य वस्तु पनि प्लास्टिक प्याकेट-मा देख्न सकिन्छ । ती प्लास्टिक जन्य वस्तुहरु प्रयोग पछि प्रयोग गरे पछि के गर्ने भन्ने बारे के कसरी छुट्टयाएर राख्न सकिन्छ भन्ने व्यवहारिकरणलाई प्रस्तुत गरिएको थियो भनी विभागले बताएको छ।
जानकारी अनुसार, र्‍याली 6 माईल बजार सार्वजनिक भवनमा पुगेर एक कार्यक्रममा परिणत भएको थियो । दवाईपानी ग्राम पञ्चायत उपप्रधान सुनिता भोटियाको पहलमा 6 माइल बजारका पथ पसले,  व्यापारी , स्थानीय समाज एवं क्षेत्रीय जनसाधारणहरुलाई लिएर आयोजित उक्त कार्यक्रममा दार्जीलिङ- पुलबजार खण्ड विकाश कार्यलयको विशेष पहलमा प्लास्टिक उपयोग बन्द गरिनु पर्ने विषयमा सचेतता कार्यक्रम  सम्पन्न गरिएको थियो।उक्त कार्यक्रममा दार्जीलिङ- पुलबजार खण्ड्का संयुक्त खण्ड विकास अधिकारी देनुका राई , युएनओपीएस-का अनुपमा बर्मन, लगायत रंगली-रंगलीयट खण्ड पञ्चायत समितिका सहकारी सभापति ललित राई, दबाईपानी ग्राम पञ्चायतका अशोक मुखिया अन्य उपस्थिति रहेको थियो । कार्यक्रम पछि दार्जीलिङ-पुलबजार खण्ड विकास कार्यलयकी संयुक्त खण्ड विकास अधिकारी देनुका राईले अहिले प्लास्टिक प्रयोग लिएर सबै क्षेत्रहरुमा सचेतना गरिने कार्य भईरहेको जनाउदै प्लास्टिकले के कस्तो प्रभाव पारेको छ् ,त्यो विदितै छ् । यसैले यसको प्रयोग अब उसो नगर्ने अपिल संगै यो सचेतता र्‍याली मार्फत जनाईएको बताइन् भने यूएन ओपीएस-का अनुपमा वर्मनले प्लास्टिक प्रयोग पछि यसलाई त्यसै नफ्याकेर यसको पनि केही उपयोग गर्न सकिने जनाइन् भने रहल भागलाई व्यावस्थापन गर्ने बारे अवगत गराईन् । यता आरआर खण्ड अधिनस्त तक्लिङ-एक ग्राम पञ्चायतद्वारा पनि प्लास्टिक फ्री दिवसको रूपमा पालन गर्दै क्षेत्रमा सर्वसाधारणले प्लास्टिक प्रयोग बन्द गरिदिने अपिल गर्दै र्‍याली निकालीएको थाहा लागेको छ् । उक्त अवसरमा तक्लिङ-एक ग्राम पञ्चायतका सदस्यहरु कर्मचारीहरु, स्थानीय गाउँवासीहरुको उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ