स्वास्थ्य केन्द्रमा डाक्टर अनि अरू सेवा

Share this news

राज्य र जीटीए स्वास्थ्य विभागका अधिकारीहरूले घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्रको भ्रमण सोमबार गरेका थिए। भ्रमण टोलीमा जीटीए मुख्य कार्यपाल अनित थापाका प्रतिनिधि दिवस छेत्री पनि सहभागी थिए। उनले लामो समयदेखि डाक्टरविहीन रहेको घैयाबारी स्वास्थ्य केन्द्रमा बागौडा स्वास्थ्य केन्द्रबाट डाक्टर स्थानान्तरण भएको जानकारी दिँदै नयाँ डाक्टरलाई स्वागत गरे। साथै, क्षेत्रमा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको उनले बताए। छेत्रीले घैयाबारी क्षेत्रको स्वास्थ्य सेवाको अवस्थाबारे बोल्दै अस्पतालमा फेयर प्राइज दोकान, प्राविधिक कर्मचारी, ल्याब, कर्मबन्धु, र फारमेसिस्टजस्ता आवश्यक पदहरूको पूर्ति गर्नुपर्ने आवश्यकता औँल्याए।
भ्रमण टोलीमा उत्तर बङ्गाल स्वास्थ्य निर्देशनालय, उत्तरकन्याका डिप्टी निर्देशक (स्वास्थ्य सेवा), संयुक्त निर्देशक (उत्तर बङ्गाल जोन), सभासद नवराज छेत्री, र स्वास्थ्य विभागका प्रभारी सभासद श्याम शेर्पा सहभागी थिए।


Share this news
आजको रोजाइ
दुई दिन अघि सेन्ट रोबर्टस् स्कूलमा भानुजयन्ती पालन

दुई दिन अघि सेन्ट रोबर्टस् स्कूलमा भानुजयन्ती पालन

पट्टामा नरेन्द्र काम्बाङको विरोधको जागरण 

पट्टामा नरेन्द्र काम्बाङको विरोधको जागरण 

लोवर चुङथुङ विद्यालयलाई उच्चतर माध्यमिकको मान्यता

लोवर चुङथुङ विद्यालयलाई उच्चतर माध्यमिकको मान्यता

मोनिका ग्लोरी अफ सिक्किम सर्वश्रेष्ठ प्रतिभाको उपाधि

मोनिका ग्लोरी अफ सिक्किम सर्वश्रेष्ठ प्रतिभाको उपाधि

लोवर साम्सुमा बाल विकास भवनको शिलान्यास 

लोवर साम्सुमा बाल विकास भवनको शिलान्यास 

गायक अनिल फागोको गजल सार्वजनिक

गायक अनिल फागोको गजल सार्वजनिक

सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती

सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती

6 वर्षीय धावक अफिकलाई सम्मान

6 वर्षीय धावक अफिकलाई सम्मान

स्वर-श्री-को 4 अगस्तसम्म फारम वितरण 

स्वर-श्री-को 4 अगस्तसम्म फारम वितरण 

मनिषालाई जिताउँन सभासदद्वारा 50 हजार रुपियाँको सहयोग 

मनिषालाई जिताउँन सभासदद्वारा 50 हजार रुपियाँको सहयोग