Kalimpong Municipality Demand
Kalimpong Municipality Demand

कालेबुङ न.पा.मा चाँडो चुनावको माग गर्दै जिल्ला प्रशासनलाई ज्ञापनपत्र

Share this news

गोर्खा स्वतन्त्र समूहले कालेबुङ नगरपालिकामा यथाशीघ्र निर्वाचन गरिनुपर्ने माग गर्दै जिल्ला प्रशासन र नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ। लामो समयदेखि निर्वाचित जनप्रतिनिधि नभएकाले स्थानीय तहमा जनउत्तरदायी शासन कमजोर बन्दै गएको भन्दै समूहले तुरुन्त चुनाव गराउनुपर्ने माग अघि सारेको हो।ज्ञापनपत्र बुझाएपछि समूहका संयोजक तथा स्वतन्त्र सभासद् पाल्देन तामाङले नगर प्रशासनप्रति असन्तुष्टि व्यक्त गर्दै वर्तमान नगर प्रशासकलाई तत्काल हटाउनुपर्ने माग गरेका छन्।

यसरी नै कालेबुङका युवा सचेतक मिथिलेश बराइलीले पनि कालेबुङ नगरपालिकामा यथाशीघ्र निर्वाचन गरिनुपर्ने माग गर्दै समाचार प्रसार गरेका छन्। उनले लेखेका छन्, बंगाल म्युनिसिपल एक्ट (दार्जीलिङ जिल्ला संशोधन) रेगुलेसन, १९४३ संग्रहालयमा राखिनुपर्ने कुरा हो, जुन समयको अवशेष हो जब प्रजाहरू शासित हुन्थे, सुनुवाइ हुँदैनथ्यो। समयमै चुनाव नगराएर र मनोनित प्रमुखहरूमा भर परेर, वर्तमान प्रणालीले अनजानमै यस रेगुलेसनको प्रेतलाई पुनर्जीवित गरिरहेको छ।

कालेबुङ र दार्जीलिङका जनताले १९४७ मा स्वतन्त्रताको लडाइँ यसकारण लडेका थिएनन् कि उनीहरूमाथि १९४३ मा ब्रिटिशले प्रयोग गरेका संयन्त्रहरू नै लागू होस्। अब “नियुक्त अध्यक्ष” लाई सधैंको लागि इतिहासका किताबहरूमा थन्काउने र संविधानले परिकल्पना गरेको “निर्वाचित अध्यक्ष” लाई पुनःस्थापना गर्ने समय आएको छ।

क्रमशः दार्जीलिङका सांसद तथा भाजपाका राष्ट्रिय प्रवक्ता, राजु विष्टले पश्चिम बंगालका मुख्य सचिव श्री दुष्यन्त नारियालालाई पत्राचार गरी २०२२ देखि यी तीन नगरपालिकाहरूमा चुनाव भएको छैन, र तृणमूल सरकारले एक अनिर्वाचित व्यक्तिलाई कार्यवाहक अध्यक्ष नियुक्त गरेर नगरपालिकाहरू गैरकानूनी रूपमा सञ्चालन भइरहेको छ। यी व्यक्तिहरूलाई गम्भीर गलत काम गरेको र सरकारी कोष र सम्पत्तिको व्यापक दुरुपयोग गरेको आरोप लगाइएको छ। यसर्थ तीनै नगरपालिकामा चुनाव गराउने माग गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ