dissatisfaction, questions, feedback and suggestions
dissatisfaction, questions, feedback and suggestions

बिक्रम आदि राईका गुनासो, असन्तुष्टि, प्रश्न, प्रतिक्रिया र सुझाउ

Share this news

गोर्खा सेवा सेनाका नेता बिक्रम आदि राईले आफ्नो गुनासो, असन्तुष्टि, बिलौना अनि प्रतिक्रिया यसरी पोखेका छन्ः
खालि बिराेध मात्रै गर्ने?
खालि आलाेचना मात्रै गर्ने? जुन समाजले प्रश्न गर्नु जान्दैन त्याे समाज अन्धा हुन्छ, बहिराे लाटाे समाज हुन्छ।
हामीले हाम्राे समाज अन्धा नहाेस् भन्ने चाहन्छाैं। हामी जीँउदाे हुनुकाे प्रमाण हाे हाम्राे प्रश्न। कारण मुर्दाले प्रश्न गर्दैन। ज-जसकाे अघि हामी प्रश्न तेर्साउँछाैं उनीहरुकाे समर्थक र सहयोगीहरु ठुस्किहाल्छन्। यस्तै ठुस्किने र प्रश्नसङ्ग रिसाउने मानसिकताकै कारण DGHC र GTA जस्ता गाेबर हामीले यत्राे वर्ष स्वीकार गर्नु पर्याे।
अब कुन नयाँ गाेबर स्वीकार तयारीमा छन् हाम्राे
प्रश्न-विराेधी मित्रहरु थाह छैन।
GTA काे सत्तालाई प्रश्न गर्दा अन्य खुशी हुन्छन्।
खुब ताली बजाउँछन्। तर भागाेप्रमाेकाहरु अलि रिसाउँछन् अनि भन्छन्,
तिमीहरुले के गरेकाे छाै देखाऊ ?
मानाै आधा सत्तामा हामी बिराजमान भएका छाैं।
हामीले सत्ता सम्हालेर केही गर्न नसकेकाे जस्ताे प्रश्न गर्छन्।
यता भाजपा लगायतका सबै दलहरुलाई र उनीहरुकाे मुद्दा केन्द्रित बयानबाजी र क्रिया कलापमाथि प्रश्न गर्याैं भने, उनीहरुकै सहयाेगी अथवा समर्थकहरु बुरुक बुरुक उफ्रिंदै भन्छन्-
खालि बिराेध मात्रै गर्छाै, तिमीहरुले पनि गर न।
मानाै हामी MP MLA भएर प्रतिनिधित्व गरेका छाैं।
अन्यले गरेकाे प्रश्न ठीक लाग्दैन भने तपाईँहरु आफै आफ्नाे नेताहरुलाई प्रश्न गर्नु सिक्नु हाेस्।
के तपाईहरुले GTA किन ? भनेर 2011/12 मा साेध्नु भयाे ?
11 पल्टकाे वार्तामा के गर्याै ? भनेर साेध्नु भयाे ?
अँ हँ साेध्नु भएन। त्यसै माैनताकाे कारण र माैन समर्थनकाे कारण आज स्थिति चाैपट बन्याे।
2013 मा किन फेरि GTA भनेर साेध्नु भयाे ?
अँ हँ साेध्नु भएन।
2014 मा तृणमुललाई सघाउने निर्णय किन भनेर कसैले सुवास घिसिङलाई साेध्नु भयाे ? लगातार भाजपालाई भाेट हाल्नु लगाउने बिमल गुरुङ्गलाई कसैले “किन भाजपालाई मात्रै भाेट” भनेर साेध्नु भयाे ?
अनित थापालाई उनकाे पार्टीभित्र दाजु 5 डेसिमल गलत कुरा हाे याे किन ?
भनेर साेधे त ?
सरकारलाई साेधे त ? हामीले साेध्याैं।
तेति बेला हामी सही अनि अहिले interlocuter बारे प्रश्न गर्दा हामी गलत कसरी भयाैं ?
हामीले आँखा अघि झुटो र भाेट ब्यापारकाे बजार चलाउँदै कसैले हाम्राे भावनासंग खेल्छ भने हामीले प्रश्न गर्नु जायज कि नाजायज ?
तपाईंहरुले 2021 काे वार्ता सम्बन्ध के प्रश्न साेध्नु भयाे ?
2025 काे वार्ता बारे कुन प्रश्न गर्नु भयाे ?
पछिल्लाे वार्ताहरु राजु बिष्टले आफुले नेतृत्व गर्दै थिए आज वार्ता चलिरहेकाे बेला किन फेरि वार्ताकारकाे खाँचाे ? यदि वार्ताकार कै खाँचाे थियाे भने 2021/25 काे वार्ताहरु काे कुनै मतलब थिएन रहेछ। यस्ताे किन ? भनेर प्रश्न गर्नु भयाे ?
बिकास गर्छु भनेर अनित थापाले आन्दाेलन सकाए।
र पनि सडक र खाल्डाे पर्यायवाची बनेकाे छ पहाडमा किन ?
सडकमा खाल्डाे छ कि, खाल्डाेमा सडक छुट्याउन गाह्राे हुन्छ।
यस्ताे किन ?
प्रश्न गर्नु भाे ?
अन्तमा
बंगालमा जाे सत्तामा आए नि पहाड तराई डुवर्सकाे भलाे चाहँदैनन्।
कांग्रेसले चाहेन,
बामफ्रन्टले चाहेन,
तृणमुलले चाहेन,
भाजपाले चाहन्छ यसकाे के ग्यारेन्टी छ ?
याे प्रश्न चैं ऐनाअघि उभिएर आफैले आफैलाई साेध्नु हाेला।।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ