अव्यस्थित केबलहरूको कारण जनसाधरण समस्यामा

Share this news

खरसाङ,  (निसं): खरसाङ बजारमा अव्यस्थित प्रकारले टाँगिएको केबल तारको कारण जनसाधरणले समस्याको सामना गर्न परिरहेका छन्‌‍। टेलिभिजन सेवा, इन्टरनेट अनि टेलिफोन सेवाका यस्ता केबलहरू शहरको विभिन्न स्थानमा अव्यस्थित प्रकारले जड़ान गरिएको छ भने अव्यस्थित प्रकारले जड़ान गरिएका यस्ता केबलहरू चुड़िएको, लत्रिएको, झुण्डिएको अवस्थामा रहेकोले जनसाधरणले विभिन्न समस्या झेलिरहेका छन्‌‍।

खरसाङको वर्द्धवान रोडमा टाँगिएको केबल चुड़िएर झुण्डिरहेको अवस्थामा पाइएको छ। यस रोडको तल्लो किनार भएर गाड़ी चलाउदा केबलले गाड़ीमा छुने गरेको कतिपय ट्रक चालकहरूले गुनासो गरेका छन्‌‍। सुपर मार्केटदेखि गड्डी लाईन जाने बाटोमा पनि विभिन्न सेवाको केबल लत्रिएकोले यहाँबाट हिँड़दा समस्या भइरहेको कतिपयले गुनासो गरेका छन्‌‍। यसरी शहरको अन्य स्थानमा पनि विभिन्न सेवाको केबलहरू लत्रिएको, झुण्डिएको, चुड़िएको अवस्थामा रहेकोले मानिसहरूले समस्याको सामना गर्न परेको बताएका छन्‌‍।

गत वर्ष खरसाङ शहरमा अव्यस्थित तरिकाले टाँगिएका केबलहरूको बारेमा जनसाधरणबाट गुनासो प्राप्त भइरहेको समय यहाँको वर्द्धवान रोडको एउटा बिजुलीको पोलमा गुजुल्टिएको केबलमा आगो लागेपछि महकुमा प्रशासन अनि खरसाङ नगरपालिकाले शहरमा अव्यस्थित तरिकाले टाँगिएको केबलहरू काट्ने काम गरेको थियो। महकुमा प्रशासन अनि नगरपालिकाको उक्त कार्वाहीपछि शहरमा नयाँ प्रकारले केबल टाँगिने कार्य भएको थियो। बिस्तारै शहरमा टाँगिएका केबलहरू अव्यस्थित बन्दै गएपछि वर्तमानमा पुनः समस्या बनेको छ। यसरी शहरमा केबलहरू अव्यस्थित प्रकारले किन राखिएको भनी जान्न चहादा एक इन्टरनेट सेवा प्रदान गर्ने एजेन्सीका व्यक्तिले बाँदर केबलमा झुण्डिने, केबलबाटै हिँड़ने गरेकाले चुड़ाइदिने, लत्राइदिने गरेको बताए। तथापि यस विषयमा सम्बन्धित निकायले यस दिशामा कदम चाल्नु पर्ने आवश्यकता भने देखिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ