Discussion meeting on drug abuse
Discussion meeting on drug abuse

लागुऔषधी दुरुपयोग तथा अवैध कारोबार नियन्त्रणसम्बन्धी छलफल बैठक

Share this news

मङ्गन जिल्लाअन्तर्गत जिल्ला प्रशासनिक केन्द्रमा आज जिल्लास्तरीय एनसीओआरडी समितिद्वारा लागुऔषधी दुरुपयोग तथा अवैध कारोबार नियन्त्रणसम्बन्धी छलफल बैठक सम्पन्न भयो। उक्त बैठकको अध्यक्षता मङ्गन जिल्लाका अतिरिक्त जिल्लापाल पेमावाङ्छेन नामकार्पाले गरेका थिए। कार्यक्रममा मङ्गनका पुलिस अधीक्षक सोनामदेच्छु भोटिया, अतिरिक्त पुलिस अधीक्षक मणिकुमार तामाङ, मङ्गन महकुमा अधिकारी सन्दीपकुमार, प्रमुख जिल्ला स्वास्थ्य अधिकारी डा. टेम्पो टी. कालिओन तथा एनसीओआरडी समितिका अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकमा मङ्गन जिल्लाका अतिरिक्त जिल्लापाल पेमावाङ्छेन नामकार्पाले उपस्थित बैठकलाई सम्बोन्धन गर्दै मङ्गन जिल्लाका सम्पूर्ण विभागलाई निर्धारित गतिविधिहरू प्रस्तुत गर्दै राज्य सरकारले लागुऔषधी दुरुपयोग तथा अवैध कारोबार नियन्त्रणका लागि आवश्यक पहलबारे जानकारी गराए। यसअतिरिक्त उनले सम्बन्धित सम्पूर्ण विभाग र राज्यका छवटै जिल्लाका जिल्लापालहरूलाई अवैध कारोबार नियन्त्रणका उपायहरू अपनाउन निर्देशन जारी गरेको पनि जानकारी गराए। यसका साथै नामकर्पाले सम्बन्धित समिति तथा अन्य सरोकारवालाबाट अपेक्षित कार्य योजनामाथि विस्तृत छलफल गर्दै सरकारी कर्मचारीहरूबिच लागुऔषधी दुरुपयोगसम्बन्धी कडा निरीक्षण गर्नु पर्ने आवश्यकतामाथि पनि जोड दिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ