Dhaago' opened the door
Dhaago' opened the door

चलचित्र ‘धागो’ले खोलिदियो विशाल सम्भावनाको ढोका

Share this news

अजय खड्काः उदिप थापा निर्देशित डुवर्सको पहिलो नेपाली चलचित्र ‘धागो’ यतिखेर चर्चाको केन्द्रमा छ। जुन कुराले डुवर्स फुरुक्क भई जुरुक्क उठेको छ। यद्यपि ‘धागो’को कथाले डुवर्सलाई अलिकता मात्रै छोएको छ। चियाबारी सेरोफेरो सर्लक्कै आएको रहेनछ। स्पर्शमा आयो, स्पष्ट आउन बाँकी छ। आगामी दिनलाई विशाल सम्भावनाको ढोका भने अवश्यै उघारेको छ। चलचित्र ‘धागो’ले डुवर्सको कथा व्यथाहरूलाई पूर्णरूपमा समेटेको छैन। केवल एउटा सानो स्पर्श मात्र छ। कहानी पनि चियाबारी र चियाश्रमिकहरूको होइन। चियाबारीभित्र सल्बलाएको एक पाटोको उद्घाटन चाहिँ भएको छ खुबै टड्कारो गरी। उदिप थापा लामो समयसम्म मुम्बईको चलचित्र नगरीमा बसेर यता आए। जे सटीक लाग्यो, त्यही कथावस्तुलाई टपक्क टिपे। ‘धागो’का लागि जे टिपे त्यो कथा पनि ज्वलन्तै हो। ऋण दिनेहरू अचेल हाम्रो भेकतिर भक्कु ओइरो लागेका छन्। ऋण काढेर सपना सजाउनेहरू लछेप्रै छन्। ऋण लिएर जीवन धान्नेहरू पनि मनग्गे छन्। अत; ‘धागो’को कथाले सबैलाई समेटेको छ। समयमा इएमआइ अथवा किश्त तिर्न नसक्दा गाडी तानेर लगेको मैले बग्रेल्ती देखेको छु। चिनाजानाहरूकै मानसिक पीडाले थल्लिएको देख्दा मन हुँडुलिएकै हो। त्यो भयावह परिणति चलचित्रमा जीवान्त झल्केको छ।
डुवर्सको वास्तविक पीडा, विचित्रको सौन्दर्य, चियाश्रमिकहरूको संघर्ष, चिया–उद्योगको इतिहास, जंगल–नदी–जमिनको कथा व्यथा, चियाबारीको भित्री राजनीति, संस्कृति–लोकजीवन–भाषा, र असंख्य वर्णन गर्न नसकिएको भोगाइ अझै अछूता छन्। तर यही सानो स्पर्शले ठूलो ढोका खोलेको छ—सम्भावनाको, अवसरको, आत्मविश्वासको। ‘धागो’ पछ्याउँदै यी वर्णन गर्न नसकिएको कथाहरू लश्करमा सामेल हुनेछन्।
तर यो सम्भावना प्रशस्त हुनलाई ‘धागो’प्रति दर्शकहरूको अपार माया अपेक्षित छ। ‘धागो’ विफल हुनुले सम्भावनाशील आगामीमाथि हट्दै नहट्ने ग्रहण लाग्नेछ। सफल हुनुले उदित थापा सम्भावनामा झलमल्ल उदाउनेछ। एकैसाथ कलाकार, संगीतकार, गायक, लेखनकार, छायाँकार साथै कैयौंले फस्टिने सुयोग पाउँछन्। सामाजिक जागृति र प्रगतिको मेसो पाउँछन्।
यसर्थ, सिनेमाघरमा तपाईंको सक्रिय आगमनले धागो टिमको लागि हौसला थप्ने अक्सिजनको काम गर्ने भएको सउत्साह उपस्थितिको कामना गर्दछु। हुनत हालसम्म
‘धागो’प्रति देखिएको उत्साह, हलमा दर्शकको आगमन, स्थानीय प्रतिभाहरूको भरोसा, र बाहिरी उद्योगको ध्यान—यी सबैले प्रमाणित गरिदियो कि डुवर्स अब केवल कथाको स्रोत मात्र होइन, चलचित्र निर्माणको नयाँ गन्तव्य बन्नेछ। यसैले अब निश्चयै उनिनेछ— क) चियाबारी श्रमिकहरूको जीवन–संघर्षको विस्तृत गाथा, ख) पलायन र बेरोजगारीको गहिरो मनोवैज्ञानिक प्रभाव, ग) आर्थिक असमानता र मजदुर आन्दोलनको इतिहास,
घ) संस्कृति, भाषा, लोककला र पहिचानको विविध रंग, ङ) युवाहरूका सपनाहरू र हार–जीतका साँचो कथा, च) वन्य जनावरको दैनिक आतंकबीच जोखिमपूर्ण जीवन
छ) बर्खाको बाढीले क्षतविक्षत पारेको दर्जनौं गाउँको करुण सत्यकथा, इत्यादि।
अब डुवर्सले आफ्नै कथा सुनाउने छ, अर्काको आँसु होइन—आफ्नै आँखाले देखेको सत्य पर्दामा बोल्नेछ। ‘धागो’ एउटा शुरुआत हो- अन्तिम लक्ष्य होइन। अब यात्रा लामो छ, तर बाटो बनिसकेको छ। स्वर्णिन यात्राको शुरुआत भएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ