रोहिणी रोड मरम्मतीको माग

Share this news

खरसाङ, (निसं): दार्जीलिङ पहाड़को निम्ति मुख्य सड़क बनेको रोहिणी रोड (सुवास घिसिङ मार्ग) विभिन्न स्थानमा भत्किएकोले समस्या भइरहेको धेरै चालकहरूको गुनासो छ। यो सड़क विभिन्न ठाउँमा भत्किएर खाल्डा बनेकोले दुर्घटनाको सम्भावना रहेको पनि कतिपय चालकहरूले बताएका छन्‌‍। रोड कतिपय स्थानमा अप्ठ्यारो गोलाईमा भत्किएकोले लोड लिएर गाड़ी उकाले आइरहेको समय माथिबाट अर्को गाड़ी आइरहेको अवस्थामा धेरै समस्याको सामना गर्न परिरहेको पनि चालकहरूले बताएका छन्‌‍।

तीन महिना यो रोड बन्द रहँदा किन रोडको मरम्मती गरिएन? भन्ने धेरै चालकहरूले प्रश्न गरिरहेका छन्‌‍। केही दिन अघि दार्जीलिङ ट्रक मालिक सङ्गठनले विभिन्न स्थानमा भत्किएको रोहिणी रोडको मरम्मती नगरिएको खण्डमा अनि सङ्गठनको अन्य मागहरू पुरा नगरिएको खण्डमा टोल ट्याक्स नतिर्ने समेत घोषणा गरेको थियो। विभिन्न ठाउँमा भत्किएको रोहिणी रोडको मरम्मतीको निम्ति कार्य तत्काल आरम्भ गरिन पर्ने चालकहरूको माग छ। रोहिणी रोडको अवस्थाको बारेमा वर्तमानमा विभिन्न सामाजिक सञ्जालहरूमा चालकहरूले रोष प्रकट गरिरहेका छन्‌‍। 13 जनवरीको दिन दर्पणसित कुरा गर्दै एक चालकले भत्किएको रोहिणी रोडको कारण चालक साथै यात्रीहरूलाई समस्या भइरहेको बताउदै रोडको मरम्मती नगरिएकोमा रोष प्रकट गरेका थिए। स्मरण गराइन्छ, रोहिणी रोड वर्तमानमा दार्जीलिङ पहाड़कै निम्ति एउटा मुख्य अनि महत्वपूर्ण रोड बनेको छ। यसै रोडबाट दार्जीलिङ पहाड़को

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ