Hills Terai Dooars tea workers issue
Hills Terai Dooars tea workers issue

श्रमिकहरूको हक, अधिकार-मिनिमम वेजेसको मागलाई निरन्तर अघि बढाउने अपिल

Share this news

श्रमिकहरूको हक, अधिकार र मिनिमम वेजेसको मागलाई निरन्तर अघि बढाउन इण्डियन गोर्खा जनशक्ति फ्रन्टका संयोजक अजय एडवडर्सले अपिल गरेका छन्।
श्रमिकहरूको हक, अधिकार र मिनिमम वेजेसको मागलाई निरन्तर रूपमा अघि बढाउन अजय एडवाडर्सले हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघका नेतृत्वहरूलाई आह्वान गर्नुभएको छ। इण्डियन गोर्खा जनशक्ति फ्रन्टका केन्द्रीय संयोजक अजय एडवाडर्सले एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघ इण्डियन गोर्खा जनशक्ति फ्रन्टको भातृ संगठन भएको उल्लेख गर्नुभयो।

यस श्रमिक संघले चिया श्रमिकहरूको हक, अधिकार, मिनिमम वेजेस आदि जस्ता मागहरू लिएर निरन्तर संघर्ष गर्दै आइरहेको छ। श्रमिक संघले श्रमिकहरूको हितमा चलाएको संघर्षमाथि विपक्षीहरूले आरोप र लाञ्छनाहरू लगाउँदै आइरहेका छन्, तर त्यस्ता आरोप र लाञ्छनाहरूलाई वास्ता नगरी चिया श्रमिकहरूको हक, अधिकार, मिनिमम वेजेस आदि जस्ता विषयहरूको संघर्षलाई जारी राख्नुपर्ने उहाँले बताउनुभयो।

राज्यको तृणमूल सरकार र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले चिया बगानहरूमा पाँच डेसिमल पट्टा जबर्जस्ती थोप्ने काम गरेको थियो, जसको विरोध हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघले गरेको हो। पूजा बोनसको समयमा चिया श्रमिकहरूले २० प्रतिशत पूजा बोनस पाउनुपर्छ भन्दै श्रमिकहरूको पक्षमा उभिने हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघ नै हो। आन्दोलनलाई प्रभावशाली बनाउन संघले अन्य श्रमिक संगठनहरूसँग मिलेर आन्दोलन गरेको थियो।

लेबुङ कार्ट रोडका चिया बगानहरू उखालेर पाँचतारे होटल निर्माण कार्य सुरु गर्दा स्थानीय बासिन्दाहरूलाई बगान मालिक पक्षले हटाउने प्रयास गरेको थियो, जसको हामी सबैले विरोध गरेका थियौँ। हामी अनशनसम्म बसेका थियौँ।
चुनाव एउटा दस्तुर हो। चुनावको परिणाम जे जस्ता भए पनि त्यसको वास्ता नगरी श्रमिकहरूको हक, अधिकार, मिनिमम वेजेस आदि जस्ता मागहरूको निम्ति निरन्तर रूपमा डी.के. गुरुङ दाजु तथा उहाँको टोली अघि बढ्नुपर्छ। चुनावलाई हामी सबैले पर्वको रूपमा हेर्नुपर्छ, तर मतदानपछि हामी सबै श्रमिकहरूको हितमा लागिपर्नुपर्छ।
राजनीति मात्र हेर्नेहरूले भोटका लागि जनतालाई आश्वासन दिन्छन्, गाउँघरमा काम गरेको जस्तो गर्छन्, तर भोट सकिएपछि ती राजनीतिज्ञहरूले जनता र श्रमिकहरूको समस्या बिर्सन्छन्। यस्ता सोच र विचार भएका राजनीतिक पार्टी र नेताहरूबाट अब मुक्त हुनुपर्छ।
इण्डियन गोर्खा जनशक्ति फ्रन्टले आफ्नो गठनकालदेखि नै “बाटो पनि छोड्दैनौँ, माटो पनि छोड्दैनौँ” भन्दै आएको छ। सिंगतामको बलाबास खोलामाथि धेरै वर्षअघि माकपा सांसदले पुल निर्माण कार्य सुरु गरेका थिए, तर निर्माण कार्य पूरा भएको थिएन। गाउँलेहरूसँग मिलेर बलाबास पुलको निर्माण कार्य हामीले पूरा गरेका हौँ। लोकसभा चुनावको परिणाम हेर्दा त्यस क्षेत्रबाट अपेक्षित मत नपाए पनि हामीले जनसेवामा कमी हुन दिएका छैनौँ।
बलाबास खोलामाथि पुल निर्माण गरेका छौँ, इस्काई वर्क ब्रिज निर्माण गरेका छौँ। दुर्गम ग्रामीण क्षेत्रहरूमा दुईवटा मात्र घर भएका स्थानहरूमा पनि हामीले बाटो निर्माण गरिदिएका छौँ। हामी भोट हेर्दैनौँ; जनताले सुविधा पाउनुपर्छ भन्ने सोच राखेर आफ्नै गोजीको पैसा खर्च गर्दै आएका छौँ। तर सत्तारूढ दलले जनताको असुविधाभन्दा भोट कति छ भन्ने कुरा हेर्ने गर्छ।

यसकारण हामीले डी.के. गुरुङ दाजु र उहाँको टोलीलाई चुनावको परिणाम नपर्खी श्रमिकहरूको हक, अधिकार, मिनिमम वेजेसको मागलाई निरन्तर अघि बढाउन अनुरोध गरेका छौँ। विधानसभा चुनाव नजिकिँदैछ। राजनीतिक पार्टीका नेताहरूले जनता र युवाहरूलाई विभिन्न प्रकारका प्रलोभन देखाउँदै पोस्टर टाँस्न लगाइरहेका छन्। यस्ता राजनीतिक पार्टी र नेताहरूसँग जनता तथा युवाहरू सतर्क रहनुपर्छ। ती नेताहरूले आफ्नो स्वार्थका लागि मात्र प्रयोग गरिरहेका हुन्छन्। चुनाव सकिएपछि तिनीहरूको बोली र व्यवहार परिवर्तन हुन्छ।

तर हामी त्यस्ता राजनीतिक पार्टी र नेताजस्तो होइनौँ। चुनाव आउँछ र जान्छ, तर जनताप्रति हाम्रो सोच जस्तो पहिले थियो, पछि पनि त्यस्तै रहनेछ, र यसको प्रमाण हामीले दिँदै आएका छौँ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ