Demand for Gorkhaland is being loudly raised
Demand for Gorkhaland is being loudly raised

राजधानीको जन्तरमन्तरमा गोर्खाल्यान्डको माग चर्कोरुपमा गरिँदै

Share this news

क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीले सोमबारदेखि नयाँ दिल्लीको जन्तर मन्तरमा दुइदिने गोर्खाल्यान्डको माग गर्दै धर्ना-प्रदर्शन गरिरहेको छ। पार्टीले केन्द्र सरकार लाई  भारतीय गोर्खाहरुलाई उनीहरुको दीर्घकालीन मागलाई  पूरा गर्ने संकल्पको सम्झना दिलाउँदै आफनो पूर्व निर्धारित दुई दिने धर्ना कार्यक्रमको प्रथम दिन क्रामाकपाको कार्यकारी सभापति कमरेड बी. एम. राईको सभापतित्वमा आयोजन गरिएको थियो।

उक्त धर्ना कार्यक्रममा क्रामाकपामा केन्द्रीय नेतृत्वहरू शेखर छेत्री, उद्दव खनाल, राजु राई, केन्द्रीय प्रवक्ता अरुण घतानी अनि गक्रानामो महासचिव कमरेड सञ्जिला तामङले वक्तव्य राखे। क्रामाकपा दिल्ली राज्य कमिटीका नेता उत्तम छेत्री अनि अतिथी वक्ता पुरण लोहारले पनि वक्तव्य राखे।

वक्ताहरुले विगत पन्द्र वर्षदेखि केन्द्र सरकारले गोर्खाहरुलाई उनीहरुको माग पूरा गर्ने संकल्प अनि प्रतिवद्धताको सम्झनाद दिलाँउदै देशको सीमा रक्षा गर्ने अनि बंगालमा बीजेपीको प्रथम एमपी जसवन्त सिंंहलाई दार्जीलिङ्ग लोक सभाामा ग‍‍ोर्खाहरुले ग‍ोर्खाल्यान्डकै निम्ति जिताएपछि आहालुवालिया अनि राजु बिष्टलाई पनि लगातार जिताए तापनि गोर्खाहरुको माग किन पूरा हुँदैन भन्दै प्रश्न गरे। यसरी नै बंगाल बिधान सभा चुनाव अघि केन्द्र सरकारले गोर्खाहरुलाई न्याय दिनु पर्छ भन्ने माग राखे।

बंगालको तृणमुल सरकारले विभिन्न षडयन्त्र रचेर गोर्खाहरुलाई अल्प संख्यक बनाउने, आफनो जमिनबाट उच्छेद गर्ने अनि गोर्खा जातिलाई जात जातमा बाँडेर, टुक्रा-टुक्रा बनाउने षड्यन्त्रको घोर बिरोध गरे अनि आलोचना गरे। धर्ना कार्यक्रममा क्रमाकपाका सयौं कार्यकर्ताहरुले भाग लिएका थिए भने धरै मात्रमा दिल्लीमा बस्ने गोर्खाहरुको पनि व्यापक उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ