दिल्ली र बंगालको बैसाखीमा उभिनेहरूले गोर्खाको नेतृत्वको धाक पिट्दैछन् भन्दै गोर्खाको नेतृत्व गर्नलाई आँट चाहिने अजय एडवडर्सले बताएका छन्। पश्चिम बंगाल विधानसभा चुनावमा इण्डियन गोर्खा जन शक्ति फ्रण्टले दार्जीलिङ पहाडको तीनवटा आसनहरू लगायत तराई आदि क्षेत्रको आसनहरूमा पनि पार्टी उम्मेद्वार उठाएको छ। जसमा दार्जीलिङ विधानसभा आसनबाट पार्टीले केन्द्रीय संयोजक अजय एडवाडर्स स्वयमलाई चूनावी मैदानमा उतारेका छन्। अजय एडवडर्सले आफ्नो चूनाव प्रचार प्रसारको क्रममा गोर्खाको नेतृत्व गर्नलाई फलाम जस्तो बलियो मुटु हुन पर्छ। पहाड तराई डुवर्स हाम्रो भनेर मात्र हुदैन तराई डुवर्सका आसनहरूमा पनि आफ्नो उपस्थिति देखाउनु सक्नु पर्छ तिनले भने। हामीले विगत 2009 देखि भारतीय जनता पार्टीलाई भोट दिन्दै आई रहेका छौं। टीएमसीलाई हामी भोट दिनु सक्दैनौं हाम्रो मान्छेको हात काम्छ,टीएमसीले हामीमाथि धेरै अन्याय र अत्यचार गरेको छ।
राज्यको टीएमसी सरकारले हामी माझ एउटा मान्छे छोडेर गएको छ, उनी बंगालको दास भएर बसी रहेका छन्, दासत्वमा बसेका मान्छेमाथि हामीले कुनै कुराको आशा राख्न बेकार नै हो भन्दै अजय एडवडर्सले ब्यंग्य कसे।विमल दाजु,मन घिसिङ,सीपीआरएम,वीजेपीएम,का नेतृत्वहरू सबै गोर्खा नै हो, यस विषयलाई ध्यानमा राख्दै हामी कान्छा भाइ भएर सबैलाई एकबद्व हुने आहवान गरेका थियौ।अब हामी बंगालको दास भएर नबसौ,वीजेपीको दास भएन नबसौ हामी हाम्रो खुटटामा खडा हुन पर्छ,हामी गोर्खा भएर जीउनु पर्छ भन्दै एकबद्वको आहवान गरेका थियौ।
चूनावको परिणामपछि सरकार कसले गठन गर्छ त्यति बेला के गर्नु पर्छ त्यस बारे हामी सबै बसेर चर्चा गरेर निर्णय लिए भई हाल्यौ तर लम्पासारबाद,दासत्वको प्रवृद्वि यस्ता कार्यहरूदेखि हामी टाडो हुन पर्छ।विगत दिनमा मैले गोरामुमोको अध्यक्ष मन घिसिङलाई हामीले हाम्रो चूनाव चिन्हमा उम्मेद्वार खडा गर्नु पर्छ भन्ने सुझाव राखेको थिए तर हाम्रो सुझाव नमान्दा आज गोरामुमोको अस्तित्व संकटमा छ।पहाडका राजनैतिक दलको नेतृत्वहरूले रूपियाँ पैसाको कारणले हो की!आफ्नो पार्टीको भोट कति छ भन्ने कुरा सर्वजनिक हुन्छ की भन्ने डरले दिल्ली र बंगालको बैसाखी छोडन सक्दैन तर गोर्खा जातिको नेतृत्व गर्न हो भने निडर हुन पर्छ,खूनमा फलाम हुन पर्छ,आफ्नो खुटटामा खडा हुन डराउनु हुदैन भन्दै अजय एडवाडर्सले पहाडको राजनैतिक दलका नेतृत्वहरूलाई सतर्क गराए।
दार्जीलिङ पहाड धेरै प्रकारको समस्याहरूले ग्रस्त छन, बाटोको समस्या,पानीको समस्या जस्ता बुनियादी विषय हरूको थुप्रै समस्या छ।हाम्रो नेताहरूले पहाड तराई डुवर्स आदि क्षेत्रको ठूल्ठूला कुराहरू गर्छन तर इण्डियन गोर्खा जन शक्ति फ्रण्ट,ले मात्र दार्जीलिङ पहाडको तीनवटा विधानसभा आसनहरू लगायत तराई डुवर्सका आसनहरूमा पार्टी उम्मेद्वार खडा गरेको अजय एडवाडर्सले बताए।हामी पहाड तराई डुवर्स मुखले मात्र भन्दैनौ उम्मेद्वार खडा गरेर देखाएका छौ।अब सिलगढी को प्रधान नगर,हिल कार्ड रोड,गुरूङ बस्ती सबै क्षेत्रहरूमा गोर्खा जातिको जातिया हतियार खुकुरी अंकित भएको झण्डा फरफराउने छ,गोर्खाको नेतृत्व गर्नु छ भने आँट चाहिन्छ भन्ने अजय एडवडर्सले बताए।












