Decorated with Samsher Ali Shivkumar Rai Memorial Award
Decorated with Samsher Ali Shivkumar Rai Memorial Award

समशेर अली शिवकुमार राई स्मृति पुरस्कारद्वारा अलङ्कृत

Share this news

चर्चित कथाकार समशेर अलीलाई 2025 को शिवकुमार राई पुरस्कारद्वारा अलङ्करण गरिएको छ। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको सूचना-संस्कृति विभागद्वारा अगमसिंह गिरी जयन्तीको उपलक्ष्यमा गिरी पुरस्कारसङ्गै अन्य पुरस्कारहरूद्वारा पनि अलङ्कर गरिन्छ। यहीक्रममा चर्चित कथाकार समशेर अलीलाई उक्त पुरस्कारद्वारा अलङ्करण गरिएको हो। यसमा नगद एकलाख रुपियाँ, सम्बर्द्धना-पत्र, मायाको चिनोलगायत अङ्गवस्त्र अनि शिरशोभा रहेको थियो। उनले भारतीय गोर्खा समाजलाई आफ्नो कलमको माध्यमबाट दिएको योगदानको लागि उक्त पुरस्कारद्वारा अलङ्करण गरिएको हो। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको सूचना-संस्कृति विभागका सभासद अनोश थापाद्वारा अध्यक्षता गरिएको समारोहमा जीटीएसभाका प्रमुख अञ्जुल चौहान प्रमुख अतिथि थिए। विशिष्ट अतिथिहरूमा सङ्गीतकार कर्म योञ्जन, साहित्यकार डा. गोकुल सिन्हा, डा. जस योञ्जन “प्यासी” सभासदहरू कल्पना प्रधान, रतन थापा, परेश तिर्कीलगायत गोर्खा समाजका गण्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको सूचना-संस्कृति विभागद्वारा गोर्खा समाज र देशलाई उँभो लाउने विभिन्न क्षेत्रका प्रतिभाहरूलाई पुरस्कारहरूद्वारा पनि अलङ्करण गर्दै आइरहेको छ। यसक्रममा इन्द्रजीत मिजारलाई 27 दिसम्बरमा नै अलङ्करण गरिसकेको थियो। गत आइतबार क्रमशः सिलगढी नजीक सालबारीको मेथीबारीमा अवस्थित चेली-माइती सामुदायिक भवनमा आयोजित समारोहमा यो वर्ष सुरेश कुमार छेत्री, राजु प्रधान “हिमांशु”लगायत मन्त्र ब्यान्डलाई अलङ्करण गरेको थियो। उक्त कार्यक्रममा गायक इन्द्रजीत मिजारलगायत गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको सूचना-संस्कृति विभाग, खरसाङका कलाकारहरूद्वारा गीतहरू प्रस्तुत गरिएको थियो। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको सूचना-संस्कृति विभाग, दार्जीलिङका संयुक्त निर्देशक बिमल राई अनि सबिना गिरीले कार्यक्रमको सञ्चालन गरेको समारोहको प्रारम्भमा दिवङ्गत प्रशान्त तामाङको चिर आत्मिक शान्तिको लागि दुइ मिनटको शोक पारलन गरिएको थियो।

Share this news
आजको रोजाइ
अनन्तनागमा आतंककारी हमला: प्रहरी हेड कन्स्टेबल आशिक हुसेन शहीद

अनन्तनागमा आतंककारी हमला: प्रहरी हेड कन्स्टेबल आशिक हुसेन शहीद

तेन्डोङ ल्हो रम फाटको पूर्वसन्ध्यामा योङथुम-खुला बजारबारे बैठक

तेन्डोङ ल्हो रम फाटको पूर्वसन्ध्यामा योङथुम-खुला बजारबारे बैठक

सिक्किम विधान सभामा बजेट अधिवेशन जारी: तीन विधेयक र जल संरक्षणसम्बन्धी सरकारी प्रस्ताव पारित

सिक्किम विधान सभामा बजेट अधिवेशन जारी: तीन विधेयक र जल संरक्षणसम्बन्धी सरकारी प्रस्ताव पारित

नतिजा देखिने गरी जिम्मेवार भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

नतिजा देखिने गरी जिम्मेवार भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

गोरामुमोको सांगठनिक विस्तार: पुलबिजनबारी-गोक र कैंजले-रेलिङ समष्टिका ३५ घरपरिवार पार्टीमा प्रवेश

गोरामुमोको सांगठनिक विस्तार: पुलबिजनबारी-गोक र कैंजले-रेलिङ समष्टिका ३५ घरपरिवार पार्टीमा प्रवेश

व्यवसायी महासंघले हस्तकला व्यवसायमा सरकारसँग सहकार्य गर्ने

व्यवसायी महासंघले हस्तकला व्यवसायमा सरकारसँग सहकार्य गर्ने

पोख्रेबुङमा सुके पोखरी प्रेस वेल्फेयर सोसाइटीको सभा सम्पन्न, तीन पत्रकार संगठनमा आबद्ध

पोख्रेबुङमा सुके पोखरी प्रेस वेल्फेयर सोसाइटीको सभा सम्पन्न, तीन पत्रकार संगठनमा आबद्ध

चिया बगानका स्वास्थ्य संस्था स्तरोन्नतिका लागि HHTDCSS को उत्तरकन्या भ्रमण, ७२ करोड बजेट प्रभावकारी उपयोग गर्न माग

चिया बगानका स्वास्थ्य संस्था स्तरोन्नतिका लागि HHTDCSS को उत्तरकन्या भ्रमण, ७२ करोड बजेट प्रभावकारी उपयोग गर्न माग

नीट-२०२६ मा ६१० अंकसहित विष्णु लिम्बू बने असमका गौरव

नीट-२०२६ मा ६१० अंकसहित विष्णु लिम्बू बने असमका गौरव

राष्ट्रपति मुर्मुद्वारा उत्तरी म्यासेडोनियाको संसदमा सम्बोधन: दुई देशको सम्बन्ध र सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

राष्ट्रपति मुर्मुद्वारा उत्तरी म्यासेडोनियाको संसदमा सम्बोधन: दुई देशको सम्बन्ध र सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

आजको रोजाइ