Binay Tamang Tax criticism
Binay Tamang Tax criticism

दार्जीलिङ पहाडको फैसेला: अब आश्वासन होइन, हिसाब चाहिन्छ!

Share this news

​दार्जीलिङका जातीय सचेतक बनय तामाङले गोर्खाहरूलाई सुझाउ दिंदै आफ्नो भनाइ राखेका छन्। यसपटकको विधानसभा चुनावमा दार्जीलिङ, कालेबुङ र खरसाङका मतदाताहरूले केवल भोट मात्र हाल्ने होइन। बरु वर्षौंदेखिको ‘राजनैतिक प्रयोग’ विरुद्ध एउटा बलियो जनादेश दिनुपर्ने आवश्यकता छ।

​ भाजपालाई प्रश्न:
१७ वर्षको उधारो कहिलेसम्म नतिरी बस्ने ? दार्जीलिङ ​पहाडका मतदाताहरूले भाजपालाई भन्नसक्नुपर्छ – हामीले सन् २००९ देखि तपाईँहरूलाई संसदमा पठाएका छौँ तर हरेक चुनावमा ‘स्थायी राजनैतिक समाधान’ (पीपीएस) र ‘११ जातगोष्ठी’ को नारा सुन्दा-सुन्दा हाम्रा कान पाकिसके। दिल्लीको सत्तामा दशकौँ रहँदा पनि हाम्रो मुद्दा केवल ‘चुनाव चलखेल ‘ मा मात्र सीमित रहेको छ। हामीलाई अब आश्वासनको पोको होइन, परिणामको ठोस प्रमाण चाहिन्छ। यसैले दार्जीलिङ पहाड़को भोट भाजपाको पेवा चैं कदापि होइन।

​ गोजमुमोलाई प्रश्न:
अस्तित्व र आन्दोलनको सौदा कहिलेसम्म गर्ने ? दार्जीलिङ ​पहाडका मतदातायहरूले गोजमुमोलाई भन्न सक्नपर्छ – गोर्खाल्याण्डको भावना देखाएर दार्जीलिङ पहाड़लाई पटक-पटक आन्दोलनको भुङ्ग्रोमा हाल्यौ, तर कहिले भाजपा त कहिले तृणमूलसँगको सत्ता समीकरण बदल्दा-बदल्दै जनताको बलिदानलाई सस्तो बनाइददियौ। पार्टीको अस्तित्व जोगाउन सिद्धान्त बदल्ने राजनीति अब धेर दिन चल्दैन। पहाडका युवाहरूको भविष्य र रगतमाथि राजनीति गर्ने छुट अब कसैलाई छैन।

​ भागोप्रमोलाई प्रश्न :
व्यवस्था कि विवशता ? दार्जीलिङ पहाडका मतदाताहरूले भागोप्रमोलाई भन्नसक्नपर्छ – ‘विकास र व्यवस्था’ को कुरा गरिररहेका छौ, तर के त्यो विकास केवल केही व्यक्तिको झोली भर्ने साधन मात्र बनाउनुलाई मात्र हो ? राज्य सरकारसँगको निकटता पहाडको अधिकार ल्याउनका लागि हो कि आफ्नो कुर्सी जोगाउनका लागि हो ? जीटीएको नाममा केवल टालटुले काम गरेर जनताको मौलिक हक र चिनारीको मुद्दालाई ओझेलमा पार्ने प्रयास अब स्वीकार्य छैन।
​यसपटकको चुनावमा दार्जीलिङ पहाडका मतदाताहरूले यी तीनै दलहरूलाई सीधा सन्देश दिनुपर्छ – ​भोट ‘भावुकता’ मा होइन, ‘जवाफदेहिता’ मा हुनुपर्छ। नेताको पछि लाग्नुभन्दापनि आफ्नो मुद्दाकोपछि लाग्नुहोस्। ​अधिकारको सौदाबाजी बन्द गर्नुहोस्।

  • जसले चिनारी र स्थायी समाधानका लागि ठोस कदम चाल्छ, उसलाई मात्र समर्थन।
  • ​युवा शक्तिको भुमिका: बेरोजगारी र चिया बगानका श्रमिकहरूको समस्याहरूलाई जसले प्राथमिकता दिन्छ, उसैको पक्षमा भोट।

​दार्जिलिङ पहाड़ अब कसैको ‘भोट बैंक’ होइन, बरु सचेत नागरिकहरूको घर हो। यदि नेताहरूले बाटो बिराए भने, जनताले उनीहरूलाई बाटो देखाइदिनुपर्छ यस चुनावमा।
चुनावको मैदानमा अहिलेसम्म यी तीन दलहरू भएकोले तीन दलहरूलाई सम्बोधित गरिएको हो। अझै अरू दलहरू मैदान उत्रिसकेपछि त्यी दलहरूलेपनि प्रश्नहरू अवश्य आउनेछन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ